दलहरूले द्वन्द्व निम्त्याउने कार्य गरिरहेका छन् – डा. प्रेम शर्मा (प्राध्यापक गाम्रीण विकास केन्द्रिय विभाग, त्रिभुवन विश्व विद्यालय) - मिथला दर्सन !
Headlines News :
Home » » दलहरूले द्वन्द्व निम्त्याउने कार्य गरिरहेका छन् – डा. प्रेम शर्मा (प्राध्यापक गाम्रीण विकास केन्द्रिय विभाग, त्रिभुवन विश्व विद्यालय)

दलहरूले द्वन्द्व निम्त्याउने कार्य गरिरहेका छन् – डा. प्रेम शर्मा (प्राध्यापक गाम्रीण विकास केन्द्रिय विभाग, त्रिभुवन विश्व विद्यालय)

Written By Unknown on Wednesday, 8 January 2014 | 02:31

० दोस्रो संविधानसभाको चुनावको परिणामलाई कुन रूपमा लिनुभएको छ  ?
—  यो परिणाम अति सहज र सकारात्मक छ किनकी अब नेपालको राजनीतिक दलहरू संस्थागत विकास तर्फ उन्मुख हुन्छन् जस्तो मलाई लागेको छ । नेपालका मतदाताहरू आफ्नो सही पार्टी पहिचान तथा सही जनप्रतिनिधि चयन गर्न तर्फ सचेत र  शिक्षित भएको मैले पाएको छु । 
० परिवर्तनकारी शक्ति भनिने एकीकृत माओवादी र मधेशवादीहरू पराजित हुनुको कारण के देख्नुहुन्छ ? 
— पराजित त नभनौं केही प्राविधिक कुरामा संविधानसभाको सदस्यहरूमा उहाँहरूको संख्या धेरै न्युन रह्यो अर्थात् मतदाताको तर्फबाट हेर्ने हो भने मतदाता त धेरै नै छन् जुन समानुपातिक प्रतिनिधित्वको संख्याले पनि देखाउँछ । परिवर्तनकारी शक्तिहरू भनेर आफूलाई दावी गर्र्नेे यिनीहरूको पछाडि तथ्य सत्य कुरा र तार्किक कुरा केही पनि थिएन अलिकति भ्रमको राजनीति थियो जुन पछाडि पर्दाफाँस मात्र भएको हो । पहिले राजनीतिक दलहले विभिन्न विकल्पहरू खोज्दै थिए त्यो विकल्प खोज्दाखेरी नयाँ शक्ति हुन् कि भन्ने कुराको भ्रम मतदातालाई दिएका थिए तिनिहरूको वास्तविक स्वरूप गएको संविधानसभामा देखा प¥यो । उहाँहरूसँग वा परिवर्तनकारी शक्तिसँग ५०५ भन्दा बढी भएकोले पनि दलको नेतृत्वले पनि संविधान लेख्न नसकिसकेपछि संविधानसभाको माध्यमबाट नेपालमा संविधान प्रदान हुन्छ भन्ने कुरामा प्रश्नवाचक चिन्ह छ किनभने यो कुरा अहिले पनि देखा परिरहेको छ कताकता फेरि मतदाताहरू नेपाली कांग्रेस र एमाले तर्फ फर्केता पनि एमाले र कांग्रेसमा पनि धेरै होलान तर अझ पनि जनता र देशप्रति इमान्दार भएनन् भने अबदेखि सम्भवत यसरी ढाँट्ने शक्तिहरूलाई फेरि नेपाली जनताले भोट हालिराख्छन् भन्नेमा मलाई शंका छ । 
० एकीकृत माओवादी र मधेशवादी दल पराजित हुनुको कारण एउटै हो वा भिन्दाभिन्दै कारणहरू छन् ? 
— पहिलो हारको कारण दुवैको भ्रमको खेती हो । अनावश्यक, सम्भव हुन नसक्ने सपनाहरू बाँडेर जसरी जनतालाई उस्काईएको थियो गरिब, पिडित र शोषित मतदाताहरूलाई जुन लालच देखाईएको थियो त्यसको पर्दाफाँस हुँदाखेरी दुवैको नियत दुवैको रणनीति एउटै थियो त्यसकारण नै पराजित हुन पुगे । तर, माओवादी र मधेशको मुद्दालाई लिएर अगाडि आएका मधेशवादी समूहहरूको पनि पर्दाफाँस भएको छ । तर, राजनीतिक रूपबाट एउटा बामपन्थी नेतृत्व गर्छु भनेर उदाईरहेको माओवादीले  १५÷१६ हजार नेपाली जनतालाई मारेर उपलब्धि प्राप्त गरेको थियो । अब नेपाली जनताले प्रश्न गर्ने अवस्था छ त्यसै कारणले यिनिहरूको दोस्रो मुद्दा  फरक छ । 
० माओवादीले जनविद्रोहबाट र मधेशवादी दलहरूले मधेश आन्दोलनबाट एक किसिमको मुद्दा लिएर स्थापित भएका हुन् यि दलहरूका मुद्दाहरूमा नै कमजोरी देखियो कि दलका नेतृत्व वर्गमा कमजोरी देखियो ? 
— मुद्दाहरू भन्ने कुरा जनसरोकारका सवालहरू हुन् ति अत्ति आवश्यक चिजहरू हुन्, ति जनतालाई नभई नहुने चिजहरू हुन् ।  नेपाली जनताले विगतका शासकहरूबाट धोका पाएको कारणले, राहत नपाएको कारणले आफु सशक्त हुन नपाएको र समावेशी हुन नपाएको कारणले त्यसमा सशक्त रूपले पहुँच नभएको  कारणले नेपाली जनताले अथवा मतदाताले नयाँ—नयाँ पार्टी छान्न खोजेका थिए तर मैले एउटा मात्र संकेत गर्ने कुरा के छ भन्ने नेपालमा अहिले सक्षम नेतृत्वको अभाव छ
० मधेशवादी दलले जुन मुद्दा उठाउँदै आएका छन् ‘एक मधेश एक प्रदेश’ लगायतका नेतृत्वको कुरा पनि छ र अर्को टुटफुटको कुरा गर्नुभयो तपाईले यि तिनवटा कुरा मध्ये के कारणले मधेशवादी दलको यस्तो स्थिति आयो ?
— दलमा निश्चित दर्शन हुनुपर्छ । मधेशमा दलको उत्पत्ति  त्यो बेला हुन खोजेको थियो जतिबेला तराई कांग्रेस भद्रकाली मिश्रले नेतृत्व गर्नुभएको थियो पछि गएर गजेन्द्रनारायणले सद्भावना पार्टीको सिर्जना गर्न भएको थियो तर अहिले नेताहरू यसलाई बेचिखाने खोलको रूपमा प्रयोग गरे । त्यसपछि आएकाहरू विभिन्न दलबाट असतृष्ट भएका व्यक्तिहरूको जमानत हो । त्यो जमानत एउटा निश्चित स्वार्थको रूपबाट बन्यो र मतदाताहरूलाई भ्रमको खेती गरे त्यो खेती अब जनताले थाहा पाएकाले अहिले यस्तो हार व्यवहोर्नु परेको हो । मधेशको मुद्दा उहाँहरूले उठाएको एक मधेश एक प्रदेशको सवालमा पनि सेन्टिमेट (भावनामा बगाउन)  ल्याउन खोजिएको हो । तर पछाडि गएर थारू जातिहरूको छुट्टै किसिमको आवाज आयो त्यसपछि एक मधेश एक प्रदेश उहाँहरूलाई पाच्य नहुने किसिमको एउटा तर्कहरू आयो । 
० नेपाली राजनीतिमा पछिल्लो समयमा दलहरू टुटफुटमा गए त्यो एमाओवादी होस् वा मधेशवादी दलहरू नै किन नहोस् जातिय रूपमा टुटफुट भएको देखिन्छ यस्तो किन भयो होला ? 
— नेपालमा बढी टुटफुट भएको पार्टी भनेको बामपन्थी दलहरू नै हुन् । मधेशवादी समूहहरू नै हुन् कम्युनिष्टको सिद्धान्तमा कतै त्यो किसिमको जातिय मुद्दा त हुँदैन तर नेपालमा किन यो विचार अगाडि ल्याई राखेका छन् भन्ने कुराको विषयमा एउटा सत्य तथ्य कुरा उन्मुलनको लागि माओवादीले अगाडि सारेको रणनीति हो । विभिन्न जातिहरूलाई उक्साउने अनि त्यो जातलाई तेरो राज्य हुन्छ, तेरो वर्चस्व हुन्छ भन्ने देखि लिएर माओवादीको द्वन्द्व कालमा समेत कब्जा गरिएको जग्गा जमिन पनि उहाँहरूको नाममा गरियो । जातिय सहिष्णुता, धार्मिक सहिष्णुताको देश हो नेपाल भन्ने उहाँहरूलाई थाहा छैन उत्तरमा चाईना र दक्षिणमा इण्डियाको राजनीतिक शैली, राजनीतिको स्थिति कस्तो छ र नेपाल कहाँ छ हामी कसरी बाँच्ने हो भुपरिवेष्टित मात्र नभएर दुईवटा विशाल राष्ट्रको बिचमा छौं हामी भन्ने उहाँहरूलाई हेक्का छैन र जातको नाममा उस्काईएको छ नेपालमा १०० भन्दा बढी जातजातिहरू छन् भन्ने उहाँहरूलाई थाहा छैन र एउटा जातलाई कुनै राज्य दिन्छु भनेर उस्काउँदा खेरी अर्को जातले के गर्छ ? उनीहरू चुप लागेर बस्छन् र त्यहाँ मनोवैज्ञानिक वितृष्णा र द्वन्द्व सुरू हुन्छ त्यो द्वन्द्व निम्त्याउने काम राजनीतिक दलहरूले गरे । जसको परिणाम अहिले जातिय रूपबाट नयाँ पार्टीहरू पनि जन्मिएका छन् तर तिनिहरूलाई नेपाली जनताले भोट हालेनन् अब यो बुझ्नुप¥यो कि हामी कहाँ छौं र हामी को हौं र अरूले आफुलाई कस्तो देख्छ भनेर उहाँहरूले बुझ्नुपर्छ । नेपाली जनताको मतले के व्यक्त ग¥यो भन्ने थाहा पाईसकेपछि अब यो जातिय सवाललाई सम्भवत अगाडि लाने भन्दा पनि कसरी यसलाई समावेशी गरेर अथवा सबै तह, तप्का, वर्ग, क्षेत्र लगायतका मान्छेहरूलाई समावेशी धारमा अगाडि लैजाने र धार्मिक, जातीय सहिष्णुता र सद्भाव कसरी कायम गर्ने भन्ने तर्फ दलहरूले ध्यान दिनुपर्छ । 
० अब देश संघीयतामा जाँदै छ कस्तो किसिमको संघीयता नेपालको लागि उपयुक्त हुन्छ ? 
— नेपालमा संघीयता कत्ति सम्भव कत्ति असम्भव । पहिलो कुरा त गोपालवंशको राज्यपछि लिच्छवी कालमा एक किसिमको संघीयताको अभ्यास भएको थियो । पछि गएर महासामन्तहरूलाई अधिकार दिईएको थियो त्यहाँ ति सामन्तहरूले त्यती खेरको राज्य सञ्चालनमा ठूलो भूमिका निर्वाह गरेका थिए त्यति बेला केन्द्र र राज्य अति बलियो थियो । मल्लकालमा आईपुगेपछि मल्लहरू आपसमा केन्द्रमा जुध्न थाले एक आपसमा वैभाव द्वन्द्व भएको कारणले तल्लो क्षेत्रका राज्यहरू कमजोर हुन गए र पछि ति सामन्तहरू नै २२ से २४ से राज्यमा परिणत हुन गए र पछि त्यो एकीकरण गर्न पृथ्वीनारायण  शाहको कार्यकालमा सफल भयो । नेपालमा पृथ्वीनारायण शाहले एकीकरण गरेर राज्यको पुर्नरसंरचना भएको थियो पछि राजा महेन्द्रले २०१८ सालमा राज्य पुर्नरसंरचना गरेर राज्यको पुर्नरसंरचनाको एउटा नयाँ जगमा लगे ।  अहिले नेपालमा संघीयता हुनुभन्दा पनि राज्य पुर्नरसंरचना हुनु जरूरी देखिन्छ । राज्यको पुर्नरसंरचना भित्र संघीयता पर्छ । नेपालमा संघीयता सम्भव छ तर यसको लागि वैज्ञानिक आधार र धरातलीय कुराहरू र यसका अन्तरबस्तुलाई समेटेर वैज्ञानिक तरिकाले संघीयताको खाँका बनाउन सकिन्छ । तर नेपालमा त्यो बनाउनु भन्दा अगाडि राजनीतिक दलहरूमा मानसिक पूर्नरसंरचना चाहिएको छ । 
० मधेशका समस्याहरू राजनीतिक हुन् कि सामाजिक ? 
—  मधेशको जनताको मधेशको सवालको, मधेशको आवश्यकताको प्रतिनिधित्व गर्ने त्यहाँको सामाजिक आर्थिक, सांस्कृतिक विधालाई प्रतिनिधित्व गर्ने नेताहरू जन्मेनन् त्यसको अपजस नेपाली कांग्रेस र एमालेलाई जान्छ अहिलेको बहुदलीय संमसदीय व्यवस्थामा । मधेशको समस्या एकदम सामान्य छ त्यो सामान्य समस्यालाई कसरी समाधान गर्ने भन्ने कुरामा मधेशी जनताहरू आफ्नो विकास आफैं गर्न चाहान्छन् उनीहरूको हातमा बजेट राखिदिनुस् , प्राविधिक सरसल्लाह दिनुहोस् उहाँहरूलाई सहजीकरण गरिदिनुस् उहाँहरूले आफ्नो विकास आफै गर्छन् त्यसको पखाईमा मधेशी जनताहरू छन् । 
० तपाई ग्रामीण विकासको प्राध्यापक पनि हुनुहुन्छ, मधेश सुगम छ तर त्यहाँ विभिन्न किसिमका समस्याहरू छन् पहाड दुर्गम छ त्यहाँ पनि विभिन्न किसिमका समस्याहरू रहेका छन् मधेश र पहाडको विकासको क्रमलाई हेर्ने हो भने कस्तो स्थिती देख्नुहुन्छ ? 
— मधेशमा विकास नभएको होइन भएको छ पहाडका जनताहरू बसाई सरेर सहर बजारतिर र मधेशतिर लागेका छन् त्यसको कारण थोरै जनता भएको ठाउँमा राज्यको बजेट बाँडफाँडमा पनि केही पूर्नरसंरचना गर्नुपर्ने आवश्यकता छ । जनसंख्या धेरै भएको ठाउँमा बढी बजेट छुट्याउनु पर्ने हुन्छ । मधेशमा जनसंख्या बढ्दै गईरहेको छ त्यहाँ भएको विकास अब पप्र्यात छैन त्यसैले पहाडमा थोरै जनसंख्या भएकाले विकास भएको देखिने मात्र हो ।  तराईमा धेरै जनसंख्या भएको ठाउँमा एउटै खालको बजेट विनियोजन गरेर हुँदैन । हाम्रो देशमा नेतृत्व र व्यवस्थापनको कमीकमजोरीले गर्दा जनता विकासमा पछि परे चाहे त्यो हिमालका हुन् वा मधेशका । 
 
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger