संविधानसभाको बैठक राष्ट्रपतिले आहृवान गर्नु पर्ने माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतले २९ गते अर्को रिटसँगै सुनुवाई गर्न आदेश दिएको छ ।
न्यायाधीश सुशीला कार्की र प्रकाश वस्तीको इजलासले बुधबार दुबै मुद्दालाई सँगै राखेर सुनुवाई गर्न भनेको हो । राष्ट्रपतिले बैठक बोलाउनुपर्ने माग गर्दै डेमोक्राटिक लयर्स एसोसिएसनका तर्फबाट सुवास आचार्यले दायर गरेको रिटमा सर्वोच्चले लिखित जवाफ माग गर्दै बुधबारका लागि सुनुवाईको समय तोकेको थियो ।

तर, मन्त्रिपरिषद् अध्यक्षले बैठक आहृवान गर्नुपर्ने माग गर्दै परेको अर्को रिटमा सर्वोच्चले मंगलबार विशेष इजलासमा सुनुवाई गर्न आदेश २९ गते पेशी तोकेको थियो । सर्वोच्चको आदेशसँगै संविधानसभा बैठक आहृवान विवाद २९ गतेमात्र टुङ्गनिे भएको छ ।
No comments:
Post a Comment