गुह्येश्वरीस्थित ढल प्रशोधन केन्द्रमा विद्युत्को सहज आपूर्ति नहुँदा फोहर पानी सीधै वाग्मतीमा मिसिने गरेको छ । दैनिक बाह्र घन्टा लोडसेडिङ हुन थालेपछि पानी प्रशोधन हुन छाडेको हो । जोरपाटी, बौद्ध, माकलबारी, सुन्दरीजल, महाँकाल, मुलपानी, गोठाटार, चाबहिल, तिनचुले, जयवागेश्वरी, टुसाल लगायत क्षेत्रको ढल उक्त प्रशोधन केन्द्रमा फिल्टर हुने गरेको छ ।
अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिका आयोजना प्रमुख गजेन्द्र ठाकुरले लोडसेडिङ बढ्न थालेपछि ढलको पानी सिधै वाग्मतीको मिसिने गरेको स्विकारे । 'विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था छैन, बाह्र घन्टा ढल सिधै वाग्मतीमा जान थाल्यो, मिक्सर गरेर फोहोर एकातिर पठाउने गरिन्थ्यो, त्यो बन्द भएको छ,' उनले भने । विभिन्न स्थानबाट संकलित ढल उक्त केन्द्रमा प्रशोधित भएर पाँच सय मिटर लामो सुरुङमार्गमार्फत तिलगंगास्थित वाग्मती नदीमा मिसिने गरेको छ ।
ऊर्जा मन्त्रालयसँग फिडर (वैकल्पिक विद्युत्) को व्यवस्था माग गरे पनि उसले त्यसप्रति खासै चासो नदिएको प्रमुख ठाकुरले बताए । 'विकल्पको व्यवस्था नभएसम्म प्रशोधित पानी वाग्मतीमा मिसाउन गाह्रो छ, पाँच महिनादेखि हामीले सम्बन्धित निकायलाई जानकारी दिए पनि कुनै उत्तर आएन,' उनले भने । दैनिक दुई सय किलोवाट विद्युत् आवश्यक पर्ने उल्लेख गर्दै उनले 'क्यापटिभ प्लान्ट' (विद्युतीय मेसिन) राख्न निकै महँगो हुने बताए ।
विभिन्न समयमा हुने लोडसेडिङका बेला इन्धन व्यवस्था गर्दा वाषिर्क सात करोड रुपैयाँ लाग्ने आयोजनाको अनुमान छ । 'सानो क्यापटिभ प्लान्ट व्यवस्था गर्दा पनि निकै महँगो हुन्छ, अब चाँडै फिडर व्यवस्था नगरे वाग्मती सरसफाइको खासै अर्थ नलाग्ला जस्तो छ,' उनले भने । दस वर्षअघि प्रशोधन केन्द्र निर्माण जापान सरकारको सहयोगमा भएको थियो ।
छ महिनादेखि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले प्रत्येक शनिबार वाग्मती सरसफाइ गर्दै आएका छन् । सरसफाइ अभियानमा काठमाडौं महानगरपालिका, अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समिति, सहरी विकास मन्त्रालय र पशुपति क्षेत्र विकास कोषलगायत सहभागी छन् ।
महानगरका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले नदी सफाइमा जतिसुकै ध्यान दिए पनि मुहान नै फोहोर भएपछि कुनै अर्थ नभएको बताए । 'ढल सीधै आएपछि त, नदी सफा गरेको अर्थ छैन, नदीलाई सफा राख्न प्रशोधन केन्द्रमा विद्युत् आपूर्ति चाहिन्छ,' उनले भने । पशुपति क्षेत्र विकासका सदस्य सचिव गोविन्द टण्डनले ढल प्रशोधन केन्द्रका लागि सरकारले छुट्टै विद्युत्को व्यवस्था गर्नुपर्ने बताए । 'सरसफाइका लागि जनचेतना जगाउने काम राम्रो भएको छ, पानीको गुणस्तरमा सुधार ल्याउनैपर्छ,' उनले भने ।

No comments:
Post a Comment