काठमाडौ, पुस २३ -
सहिद स्मारक 'ए' डिभिजन लिगको ४० औं संस्करणमा १८ खेल मात्र सकिएको छ । अर्थात् तेस्रो चरण सकिनै बाँकी छ । तर, श्रीनाथ कलेक्सन आरसीटी र एनएमबी बैंक मछिन्द्र मंगलबार हारेसँगै कुनै पनि टिम तीन खेलसम्म पनि अपराजित रहेनन् । कुनै पनि टिमले प्रदर्शनसँगै नतिजामा एकरूपको प्रभाव जमाउन सकेनन् । ठूला टिमले लगातार चार खेलमा नसोचिएका परिणाम बेहोरे । त्यसैले शीर्षताको होड र रेलिगेसनको हिसाबसँगै लिगले रोमाञ्चक मोड लिएको छ ।
मछिन्द्रको अपराजित यात्रा १-० ले टुंग्याएपछि पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने, 'विदेशी खेलाडी भएकाले सबै टिम सन्तुलित देखिएका छन् । फुटबलमा जसले थोरै गल्ती गर्छ त्यसैले जित्ने गर्छ ।' उनको भनाइले कमजोर टिम पनि विदेशी खेलाडीको आगमनसँगै बलियो भएको स्पष्ट पार्छ । उनले भने, 'कमजोर टिमविरुद्ध अवसर सिर्जना गरेर पनि चाँडै गोल गर्न सकेन भने ठूलो टिम दबाबमा पर्छ । यस्तोमा सानो टिमको मनोबल उच्च हुन्छ र अविश्वसनीय परिणाम निस्कने गर्छ । त्यसैले अहिले ३ अंक जोड्नै गाह्रो छ ।'
स्वीडिस प्रशिक्षक योहान कालीनको रक्षात्मक रणनीतिमा सुसज्जित मछिन्द्रको डिफेन्स लाइन चिर्न पुलिसलाई मुस्किल पर्यो । पुलिसले जम्मा ३ राम्रो मुभ बुन्यो र एकलाई गोलमा रूपान्तर गर्यो । अनुभवी मिडफिल्डर पर्वत पाण्डेको क्रसमा रमेश कटवालको हेडर सटिक रहेपछि पुलिसले ५५ औं मिनेटमा अग्रता लियो । अन्ततः त्यही गोल ३ अंक जोड्न पर्याप्त भयो । योसँगै पुलिस कुल ६ अंक बनाएर ६ स्थान फड्को मार्दै गोल अन्तरको आधारमा शीर्ष तीनमा पुग्यो । मनाङ-मस्र्याङ्दी, आर्मी र एपीएफको पनि उति नै अंक छ ।
रबिन श्रेष्ठको क्रसमा गोल लाइन नजिक अनमार्क गणेश खड्काको प्रहारमा बल आकासिँदै बाहिरिँदा पुलिसले ७४ औं मिनेटमा अग्रता दोब्बर पार्ने अवसर गुमायो । मछिन्द्रका एमोउबाकर बांगउराले ४३ औं मिनेटमै प्रहार गरेको बलमा पुलिसका गोलपिकर रितेश थापाले राम्रो बचाउ गरे । त्यही रिबाउन्डमा कर्ण लिम्बूले प्रहार गरेको बल डिफेन्डर सुमन सुवेदीले गोल लाइनबाट क्लियर गर्दै पुलिसको संकट टारिदिए ।
फरवार्ड विशाल राईले ५८ औं मिनेटमा पाएको अवसरमा बल सीधै रितेशको हातमा दिँदा मछिन्द्रले बराबरी गर्ने मौका गुमायो । मछिन्द्रका रजिन धिमालले १८ यार्ड लाइन ठीक बाहिरबाट फ्री-किकमा ७३ औं मिनेटमा प्रहार गरेको बल क्रसबार चुम्दै बाहिरियो । 'राम्रै खेल्यौं । तर, गोल भएन । विशाल नर्भस देखिए । प्रक्रिया पूरा नभएकोले विदेशी फरवार्ड खेल्न पाएको छैन । अर्को खेलमा राम्रो गर्ने आस छ,' मछिन्द्रका प्रशिक्षक कालीनले भने । उनले थपे, 'पुलिसले गरेको गोलको मुभ र फिनिसिङ राम्रो थियो ।'
पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले मछिन्द्रको संयोजित डिफेन्स चिर्न गाह्रो भएको उल्लेख गर्दै भने, 'दोस्रो हाफमा बल्ल अगाडि बढ्यौं । त्यसैले गोल निस्कियो ।' आफ्नो नयाँ प्रणालीमा खेलाडी अझै अभ्यस्त हुन नसकेको उनले बताए ।
यसअघि पहिलो खेलमा अफ्रिकी मूलका खेलाडीले प्रभावशाली प्रदर्शन गरेपछि एनआईबीएल फ्रेन्ड्सले आरसीटीमाथि ३-० को जित निकाल्यो । आरसीटीका किपर प्रेमकुमार तामाङ पोजिसनमा नभएको मौकामा पिटर सेगुनले मैदानको मध्यभागमा प्रहार गरेको बल गोलमा रूपान्तर भएपछि फ्रेन्ड्स ३८ औं मिनेटमा अगाडि बढ्यो । प्रेमकै कमजोरीमा सुसन लामाले ५६ औं मिनेटमा फ्रेन्ड्सको दोस्रो गोल गरे । ओजोयनी भिक्टरले पनि ८९ औं मिनेटमा गोल गरे ।
फ्रेन्ड्सको छायाँमा पर्दै लिगमा पहिलो हार बेहोरेपछि आरसीटीका प्रशिक्षक मधु कार्कीले भने, 'खेलाडी कहिले एकदमै राम्रो खेल्छन्, कहिले कमजोर । समान स्तरको टिमसँग मेहनतको कमी देखियो । खेलाडीमा कुन दिन जोस आउँछ, थाहा हुँदैन ।' आफ्नो किपर र मिडफिल्डको कमजोरीको फाइदा फ्रेन्ड्सले लिएको उनले बताए ।
फ्रेन्ड्सका प्रशिक्षक मेघराज केसीले भने, 'दुई नयाँ अफ्रिकीसहित पहिलोपल्ट पूर्ण टिम खेलाए । विदेशी खेलाडीले शत प्रतिशत खेल्न बाँकी नै छ । हामी शीर्ष ५ मा पर्ने कोसिस गर्नेछौं ।' उनको टिम पहिलो जितसँगै ४ अंक जोड्दै रेलिगेसन क्षेत्रबाट सीधै शीर्ष ५ मा उक्लियो ।

No comments:
Post a Comment