विभिन्न क्षेत्रका सरोकारवालाहरुले नेपालमा पछिल्लो समयमा पत्रकारको संख्या बढ्दै गए पनि पत्रकारको सुरक्षाको अवस्था भने कमजोर बन्दै गएको बताएका छन् । पत्रकारिता पेशा आफैंमा मर्यादित र सम्मानित भए पनि समाजले पत्रकारलाई हेर्ने सकारात्मक दृष्ट्रिकोण अझै बनिनसकेकाले पत्रकारिता पेशा अहिले पनि चुनौतिपूर्ण बन्दै गएको सरोकारवालाहरुको ठम्याइ छ ।
मानव अधिकार पत्रकार संघ नेपालले बिहीवार राजधानीमा गरेको अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाहरुले नेपाली समाजको बुझाइको स्त्तर पूर्णरुपमा विकास नभइसकेकाले समाजले पत्रकारलाई हेर्ने दृष्ट्रिकोण पनि सकारात्मक बन्न नसकेको बताएका हुन् ।
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले नियमलाई पालना गर्ने गराउने व्यक्तिहरुको नियत खराब बन्दै गएकाले हरेक क्षेत्रमा समस्या सिर्जना हुँदै गएको बताउनुभयो । प्रधानमन्त्रीदेखि गाविस सचिवसम्मले गरेका गल्तीको जवाफ अहिले पत्रकारले दिनुपर्ने अवस्था सिर्जना हुनु बिडम्बना बन्दै गएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘सत्तामा बसेका बेला शासकहरुले गरेको जस्तो गल्तीलाई पनि राम्रो ठान्ने शासकहरुको प्रवृत्ति बढेकाले त्यसको असर हरेक क्षेत्रमा पर्न थालेको हो ।’ राज्य ठीक ढंगबाट चल्ने हो भने सबै क्षेत्रमा विकृति कम हुँदै जाने हुँदा राज्य जवाफदेही बन्नुपर्ने उहाँले आवश्यकता औंल्याउनुभयो ।
प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले समाज र राज्यको विकृति पत्रकारले उजागर गर्दै गएपछि पत्रकार असुरक्षित बन्दै जाने थालेको बताउनुभयो ।
‘पत्रकार समाजको ऐना भए पनि समाजले पत्रकारलाई ऐनाको रुपमा देख्न नसक्दा अहिले समस्या सिर्जना गरेको हो’ भन्दै समाज क्रमिक रुपमा विकास भएपछि पत्रकारलाई हेर्ने दृष्ट्रिकोण पनि सकारात्मक बन्दै जाने उहाँले बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार अयोगका निमित्त सचिव सुवर्ण कर्माचार्यले पत्रकारिताको माध्यबाट समाजलाईमा मानव अधिकारको पाठ सिकाउन सकिने बताउनुभयो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतम, महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख सुवोध घिमिरे, राष्ट्रिय महिला आयोगका प्रवक्ता मोहना अन्सारी, संघका महासचिव गणेशप्रसाद घिमिरे लगायतले पत्रकारहरु अहिले भौतिक र व्यवसायिक रुपमा असुरक्षित बन्दै गएको चिन्ता व्यक्त गर्नुभयो ।
सो अवसरमा नागरिक दैनिकका प्रधान सम्पादक प्रतिक प्रधानले पत्रकारको अवस्था र चुनौति विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संघका अध्यक्ष छत्र शंकरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरुले अन्तत्र्रिmयामा उठेका कुराहरुलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

No comments:
Post a Comment