फिलिपिन्समा आँधीबाट भत्किएको संरचना छिटो बनाउन आदेश - मिथला दर्सन !
Headlines News :
Home » » फिलिपिन्समा आँधीबाट भत्किएको संरचना छिटो बनाउन आदेश

फिलिपिन्समा आँधीबाट भत्किएको संरचना छिटो बनाउन आदेश

Written By Unknown on Thursday, 9 January 2014 | 20:41

फिलिपिन्सका राष्ट्रपति बेनिग्नो आकिइनोले आफ्नो मन्त्रीमण्डलका सदस्यलाई सुपर ताइफून हाइयानबाट भत्किएका संरचनालाई शीघ्रतापूर्वक बनाउनका लागि पहल सुरु गर्न आदेश दिनुभएको छ ।
    फिलिपिन्समा गत नोभेम्बर ८ मा आएको हाइयान नामक आँधीबाट ६ हजार एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
 स्थानीय भाषामा योलान्डाको नामबाट प्रचलित यस हाइयान आँधीबाट अर्बौं पेसोको सम्पत्ति नोक्सान भएको थियो ।
    सो आँधीबाट सार्वजनिक बजार, विद्यालय, आवासीय भवन, पर्यटनस्थल, विमानस्थल आदि ध्वस्त हुनुका साथै क्षतिग्रस्त भएका थिए ।
    आँधीबाट अति प्रभावित ताक्लोबान सहरमा मात्र दुई हजार २४९ शवलाई निकालिएको थियो ।
 जसमध्ये चार सय ४८ वटा शवलाई स्थायी रुपमा गाडिएको जनाइएको छ । तर एक हजार ८०१ शवलाई स्थायी रुपमा गाड्ने प्रबन्ध मिलाउन नसकेकोले अस्थायी रुपमा मात्र गाडिएको पनि सरकारले जानकारी दिएको छ । रासस–सिन्ह्वा
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger