मिनकुमार दाहाल, सिन्धुली, पुस २४ ।
जिल्ला शिक्षा कार्यालय सिन्धुलीले तत्काल पाँच वटा विद्यालय गाभ्ने भएको छ । शिक्षा कार्यालयले २२ विद्यालयलाई गाभ्ने समेत प्रारम्भीक सुची तयार गरेको छ । गाभ्न तयारी भईरहेको २२ विद्यालय मध्ये तत्काल प्रक्रिया अगाडी बढाईएका विद्यालयहरुमा बर्देउठाकुर प्रावि कमलामाई नगरपालीका–७ ,कालीका प्रावि कनपा ४ बोझे,प्रावि वालमन्दीर कनपा ६,कालीका प्रावि खोलागाँउ र प्रावि पन्नेसी रहेका छन् ।
विद्यार्थी संख्या थोरै भएका पाँच विद्यालयलाई नजिकैको अर्को विद्यालयमा मर्च गर्ने प्रकृया अगाडी वढाएको शिक्षा कार्यालयका विद्यालय प्रशासन शाखाका नेत्र गजुरेलले वताउनुभयो ।
आफु नजिकैको विद्यालयमा गाभ्न सम्वन्धीत विद्यालय व्यवस्थापन समितीलाई शिक्षा कार्यालयले पत्र पठाएको छ । मर्च हुने विद्यालयका शिक्षकलाई पनि आफुलाई पायक पर्ने विद्यालयको नाम दिन शिक्षा कार्यालयले शिक्षकलाई निर्देशन दिएको छ ।
विद्यालय मर्च प्रक्रिया अघि वढाउन शिक्षा समिती गठन हुन नसक्दा समस्या भएको जिल्ला शिक्षा अधिकारी चन्द्रप्रसाद लुईटेलले वताउनुभयो । शिक्षा समिती गठन भए पछिभ विद्यार्थी संख्या न्युन भएका सवै विद्यालयको मर्च गर्ने प्रकृया अगाडी पढ्ने उहाँले वताउनुभयो ।
No comments:
Post a Comment