तीन ठाउँमा आगलागी - मिथला दर्सन !
Headlines News :
Home » » तीन ठाउँमा आगलागी

तीन ठाउँमा आगलागी

Written By Unknown on Wednesday, 8 January 2014 | 00:01

३ भिन्नाभिन्नै स्थानमा आगलागी भएको छ । प्रहरीका अनुसार कोटेश्वर स्थित फलफूल तथा तरकारी बजार नजिकै केदार ढकालको घर र बागबजारको सिद्धि सवायर कम्प्लेक्समा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । भृकुटीमण्डपमा परमानन्द चौधरीले सञ्चालन गरेको जनता होमियो फर्मामा समेत आगालागी भएको प्रहरीले जनाएको छ ।

ढकालको ३ तले घरको भुईं तलामा मरिचमान श्रेष्ठको कपडा पसल, नवराज दाहालको जुत्ता र केमिकलको पसलमा आगलागी हुँदा ८० लाख रुपैयाँ बराबर क्षति भएको जनाइएको छ ।

फलामको ट्रस्ट बनाउने वाइरिङ मेसिनबाट करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीले जनायो । बागबजारको कम्प्लेक्समा ३ वटा कपडाको पसलमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति भएको छ । भृकुटीमण्डपमा औषधि पसल जल्दा २३ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger