बढ्दो भूराजनीतिक महत्वसँगै उत्तरी छिमेकी चीनले राष्ट्रियस्तरको द्विपक्षीय सम्बन्धबाहेक नेपाल र आफ्नो स्वशासित क्षेत्र तिब्बतबीच विशेष कूटनीति तीव्र पार्न चाहेको संकेत गरेको छ । राष्ट्रपति जिन सिङपिङको छिमेकी राष्ट्रहरूसँग थप निकटतामा कूटनीतिक व्यवहार गर्ने नयाँ नीतिको टड्कारो प्रयोग नेपालमा देखा परेको हो । यसैक्रममा एक महिनाका बीचमा नेपालसँग सीमावर्ती तिब्बतका तीन विशेष प्रमण्डलले भ्रमण गरेका छन् ।
तिब्बती सरकारका उपमन्त्री लोउ साङले नेपाली अधिकारीसँग औपचारिक, अनौपचारिक दुवै ढंगले भेटिँरहादा तिब्बतकै पब्लिक सेक्युरिटी बोर्डर फोर्सका डेपुटी कमान्डर कि चानमिङ विशेष प्रमण्डलसहित मंगलबार नेपाल आइपुगे । नेपाल टेक्नेबित्तिकै उनले गृहसचिव जनार्दन नेपाल र उच्च अधिकारीहरूसँग भेटवार्ता गरे ।
डिसेम्बरमा दर्जनभन्दा बढी उच्चस्तरीय प्रमण्डलहरू पठाएर काठमाडौंलाई व्यस्त तुल्याएको बेइजिङले अब ल्हासालाई अघि सारेको छ । लोउ र कि दुवैले लगभग एकैसाथ नेपाल भ्रमण गर्नुको उद्देश्य नेपाली अधिकारीलाई नेपाल-तिब्बत सीमासम्बन्धी नयाँ द्विपक्षीय सहमतिको वातावरण बनाउनु रहेको जानकार बताउँछन् ।
चीनले यस वर्ष स्टेट काउन्सिलर याङ जेइचीको भ्रमण दौरान नेपालसँगको नयाँ स्तरको सम्बन्धको उद्घोष गरेको थियो । सोही क्रममा सुरक्षा निकायमध्येकै सबैभन्दा राम्रो प्रशिक्षण प्रतिष्ठान सशस्त्र प्रहरी बललाई बनाइदिने सम्झौतासमेत नेपालसँग गर्यो ।
तीन वर्षअघि चीनले नेपाली सेनालाई ठूलो राशिको सहयोग प्रस्ताव गर्दै नेपाल-तिब्बत सीमा सुरक्षाको जिम्मा लिन आग्रह गरेको थियो । त्यसमा सेना सहमत नभएपछि चीन सशस्त्र प्रहरी बलसँग नजिक भएको हो । गृह मन्त्रालय र सशस्त्र प्रहरी बल चीनसँग गत वर्षभर लगातार निकट सम्पर्कमा रहेपछि प्रशिक्षण प्रतिष्ठान निर्माणका लागि लगानी गर्ने वातावरण बनेको थियो । भारतले नेपाल प्रहरीका लागि बनाइदिने भनेको प्रशिक्षण प्रतिष्ठानको विषय टुंगो लाग्न निकै वर्ष लागिरहँदा चीनले सशस्त्रलाई सहयोग गर्यो । दुवै छिमेकी महाशक्तिले भूराजनीतिक रुचिअनुरूप सहयोग गर्न चाहिरहेको यस्तो खाले प्रतिस्पर्धामय माहोल यसैवर्ष देखिएको हो ।
लोउ र किले भ्रमणलाई सार्थक बनाउन सघन तवरले भेेटघाट गरिरहेका छन् । लोउले उपराष्ट्रपति परमानन्द झासँग शिष्टाचार भेट गरेलगत्तै परराष्ट्र र गृहका अधिकारीलाई छुट्टाछुट्टै भेटिसकेका छन् । उनले संसद् सचिवालयका महासचिव मनोहर भट्टराईलाई पनि भेटेका थिए । उनले भ्रमणलाई खास गरी नेपालमा अब स्थापित हुने संघीयताको स्वरूप र त्यसले तिब्बतलाई प्रतक्ष्य रूपमा पार्ने असरमा केन्दि्रत गरेका छन् ।
जानकार अधिकारीको बुझाइमा चीन अब नेपालसँगको नयाँ तवरको कूटनीतिलाई तीव्र पार्ने क्रममै ठोस उपलब्धि हासिल गरेको देखाउन चाहन्छ । सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा गरिएको चिनियाँ लगानी पुरानो हुन नपाउँदै केही हिमाली जिल्लाका सीमा क्षेत्रमा सशस्त्रका सुरक्षावेश देखिने सम्भावना छ । यतिबेला नेपाल, भारत र चीनको सामरिक चासो रहेको दार्चुलाको सीमा क्षेत्रमा सशस्त्रको गुल्म बसाल्ने तयारी छ ।
चीन नेपालमा संघीयताको स्वरूप आफ्नो भूराजनीतिक स्वार्थ अनुरूप हुने/नहुने विषयमा बढी चिन्तित देखिँदै आएको छ । दुई साताअघि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिलासम्बन्धी उपमन्त्री एवं नेपाल मामिलाका जानकार आई पिङले नेपाल भ्रमण क्रममा वरिष्ठ नेताहरूलाई त्यसबारे राम्रैसँग सचेत गराएका थिए ।
आई पिङले नेपालमा पछिल्ला दुई महिना चलेको चिनियाँ अधिकारीको भ्रमण शृंखलाको समग्र सन्देश दिने काम गरेको अधिकारीको बुझाइ छ । विगत दुई दशकयता चीनले आईकै सिफारिसका आधारमा नेपाल नीति तय गर्दै आएको छ । उनले यस पटक नेपाल भ्रमण गरिरहँदैमा तिब्बती उपगर्भनर मेङ लि नेपाली अधिकारी भेटिरहेका थिए ।
चीनले विगत दुई वर्षमा नेपाल कूटनीतिलाई धारिलो ढंगले प्रस्तुत गर्यो । गत वर्ष बाबुराम भट्टराई सरकारप्रतिको असन्तुष्टि व्यक्त गर्न बेइजिङले तत्कालीन प्रधानमन्त्री वेन जियावाओको भ्रमण स्थगन, त्यसपछि अवधि कटौति गर्यो । एमाओवादी फुटपछि वैद्य समूहका नेताहरूलाई सुटुक्क भ्रमण गराएर नेपाली राजनीतिलाई नयाँ झस्का दियो । पछिल्लो पटक आईले नेकपा माओवादी अध्यक्ष मोहन वैद्यलाई भेटेर मूलधारमा आउन भनेका थिए ।

No comments:
Post a Comment