सडक दुर्घटना ज्यान गुमाएका ५ सन्तानको स्मृतिमा मोरङ राजघाट—७ का कालिप्रसाद अधिकारीको परिवारले शुक्रबार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरेको छ ।
मृतकहरुको स्मृतिमा अधिकारी परिवारले अरनिको उच्च माविका ५ जना गरिव तथा जेहेनदार विद्यार्थीलाई एक हजारका दरले छात्रवृति उपलब्ध गराएको हो ।
कार्यक्रममा विद्यालयका प्राचार्य ताराप्रसाद अधिकारीले गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएर अधिकारी परिवारले ठूलो गुण लाएको बताए । कार्यक्रममा स्वर्गीय शशि अधिकारीकी आमा प्रेमकुमारी, सासु राधा कट्टेल, भाइ युवराज, बहिनी मुना सुवेदी, दिपा निरौला र तुलसा निरौलालगायतको उपस्थिती थियो ।
मृतकहरुको स्मृतिमा अधिकारी परिवारले अरनिको उच्च माविका ५ जना गरिव तथा जेहेनदार विद्यार्थीलाई एक हजारका दरले छात्रवृति उपलब्ध गराएको हो ।
छात्रवृति पाउनेमा भावना भट्टराई, कल्पना गौतम, लक्ष्मी श्रेष्ठ, गोपाल भण्डारी र सविता अधिकारी छन् । एउटै मोटरसाईकलमा सवार कालिप्रसाद अधिकारीका छोरा शशी, बुहारी देवी, नातिनी कृतिका, प्रीतिका र नाती प्रितमको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कानेपोखरी सडकखण्डमा ०६७ असोज ३० गते दुर्घटना हुँदा मृत्यु भएको थियो ।
छोरा शशी अरनिको उच्च माविका पूर्व विद्यार्थी भएकाले सोही विद्यालयका विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको बुवा कालिप्रसादले बताए । उनले विद्यार्थीलाई वर्षेनी छात्रवृत्ति उपलव्ध गराउन माघभित्रमा एक लाख ५० हजार बढीको अक्षयकोष खडा गर्ने घोषणा गरे ।कार्यक्रममा विद्यालयका प्राचार्य ताराप्रसाद अधिकारीले गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिएर अधिकारी परिवारले ठूलो गुण लाएको बताए । कार्यक्रममा स्वर्गीय शशि अधिकारीकी आमा प्रेमकुमारी, सासु राधा कट्टेल, भाइ युवराज, बहिनी मुना सुवेदी, दिपा निरौला र तुलसा निरौलालगायतको उपस्थिती थियो ।
No comments:
Post a Comment