कार्यक्षेत्र नगइ तलब लिन्छन् १० हजारभन्दा बढी कर्मचारी - मिथला दर्सन !
Headlines News :
Home » » कार्यक्षेत्र नगइ तलब लिन्छन् १० हजारभन्दा बढी कर्मचारी

कार्यक्षेत्र नगइ तलब लिन्छन् १० हजारभन्दा बढी कर्मचारी

Written By Unknown on Wednesday, 8 January 2014 | 19:07

निजामती सेवा ऐनअनुसार विशेष बढुवा गरेर समायोजन गरिएका झन्डै १६ हजारमध्ये १० हजारभन्दा बढी कर्मचारीले खटाएको निकायमा जान अटेर गरेका छन् । उनीहरुमध्ये अधिकांशले पुरानै ठाउँमा बसेर बढुवाअनुसारको तलब लिँदै आएका छन् ।
ऐनको दफा २४ (घ) (१) अनुसार विशेष बढुवामा परेका कर्मचारीलाई सामान्य प्रशासन र सम्बन्धित मन्त्रालयले चार महिनाअघि पदस्थापना गरेको थियो । सरुवा गरेको र खटाएको निकायमा २१ दिनभित्र हाजिर भइसक्नुपर्ने कानुनी प्रावधान छ । तर, पदस्थापना भएको निकायमा नगएका कर्मचारीमाथि कुनै कारबाही भएको छैन् ।
सरकारले गत वर्ष अध्यादेशमार्फत निजामती सेवा ऐनमा संशोधन गरी विशेष बढुवा भएका कर्मचारीलाई पदअनुसार पदस्थापना गर्ने निर्णय गरेको थियो । तिनै कर्मचारीको व्यवस्थापनका लागि सरकारले निजामती सेवामा झन्डै १६ हजार दरबन्दी सिर्जना गरेको नयाँ पत्रिकामा खबर छ ।
सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार आकर्षक स्थानमा सरुवा भएका कर्मचारी मात्रै हाजिर हुन गएका छन् । अन्यन्त्र सरुवा भएका अधिकांश कर्मचारी रमाना नै नबुझी यथास्थानमा नै काम गरिरहेको मन्त्रालय स्रोतले बताएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger