बालबालिका नै कर गर्छन उमेर नपुगी विवाह गर्न - मिथला दर्सन !
Headlines News :
Home » » बालबालिका नै कर गर्छन उमेर नपुगी विवाह गर्न

बालबालिका नै कर गर्छन उमेर नपुगी विवाह गर्न

Written By Unknown on Wednesday, 8 January 2014 | 19:09

अश्लील साइट हेर्ने लत परेका बालबालिकाले उमेरै नपुगी अभिभावकलाई विवाहका लागि दबाब दिने गरेको एक अध्ययनले देखाएको छ । त्यस्ता साइट हेर्ने बानी परेका बालबालिलाई समयमै सचेत नगराए त्यसले गम्भीर रुप लिन सक्ने सम्भावना पनि अध्ययनमा औंल्याइएको छ ।
अन्तरदृष्टि नेपाल मकवानपुरले गाउँगाउँमा गरेको अध्ययन र अनुसन्धानले बढ्दो सूचना प्रविधिले ग्रामीण भेगमा पारेको नकारात्मक असर र प्रभावले बालबालिका झनै जोखिममा पर्ने गरेको जनाएको छ ।
अन्तरदृष्टि नेपाल मकवानपुरकी प्रमुख कल्पना शर्माका अनुसार विभिन्न अश्लील साइट हेर्ने र त्यसैको सिको गर्ने क्रममा बालबालिका यौनजन्य दुव्र्यवहारको सिकार हुने क्रम पनि बढेको राजधानी दैनिकमा खबर छ ।
‘अभिभावकहरु आफ्ना कलिला छोराछोरीले नेट, इन्टरनेट प्रयोग गर्न सक्ने भनेर मख्ख परिरहने र त्यसको छड्के चेक/जाँच नगर्ने हो भने यसले भयावह अवस्था सिर्जना गर्न सक्छ,’ शर्माले भनिन् । उनले अश्लील साइट हेर्ने लत परेका बालबालिकाले अभिभावकसँग उमेरै नपुगी विवाह गरिदिन अनुरोध गर्ने गरेको समेत पाइएको बताइन् ।
बालबालिकाका दुव्र्यवहार सहेर नबसौं-मौनता तोडौ भन्ने विषयमा जनचेतना अभिवृद्धि गर्ने क्रममा टोलटोलमा पुग्दा यस्ता गुनासा आउने गरेको शर्माले सुनाइन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger