धनुषाका शिक्षा माफिया त्रसित - मिथला दर्सन !
Headlines News :
Home » » धनुषाका शिक्षा माफिया त्रसित

धनुषाका शिक्षा माफिया त्रसित

Written By Unknown on Wednesday, 8 January 2014 | 19:10


अनुमति पत्र लिई सरकारी सेवा सुविधा प्राप्त गर्दै आएका झोले विद्यालय कारबाहीमा पर्ने भएपछि धनुषाका शिक्षा माफियाहरु त्रसित भएका छन् । धनुषा जिल्लामा २०६४ सालदेखि हालसम्म अनुमति पत्र लिई कागजी रुपमा संचालन गरी सामुदायिक विद्यालयको सेवा सुविधा लिदै आएका शिक्षकहरुमाथि समेत कारबाही हुने भएको छ । हालै जिल्ला पसेर फर्केका अख्तियार दुरुपयोग अनुसन्धान टोलीले एक दर्जन बढी विद्यालय बढी कागजमा विद्यालय संचालन गरी सरकारी सेवा सुविधा प्राप्त गर्दै आएको प्रतिवेदन बुझाएका छन् । चार जनाको टोलीले छुट्टाछुट्टै चार टोली बनाई सदरमुकामसहित जिल्लाको ग्रामीण क्षेत्रमा संचालनको लागि अनुमति पत्र लिएका विद्यालयहरुको छानवीन गरेको थियो । छानवीनको क्रममा एक दर्जन बढी विद्यालयहरुले कागजमै पठनपाठन गराई सेवा सुविधा लिदै आएको पाइएको श्रोतले जनाए । यसरी सेवा सुविधा लिनेहरुमा अधिकांश शिक्षा माफियाहरु रहेका छन् । दोषी ठहरिए हालसम्म प्राप्त गरेको तलब भत्ता, छात्रवृत्ति सहित भौतिक संरचनाको शिर्षकमा प्राप्त गरेको रकम समेत फिर्ता गर्नुपर्ने छ । अनुमति प्राप्त गरेर विद्यालय संचालन नगरेका शिक्षा माफियाहरुले छानवीन तथा कारबाही प्रक्रियालाई प्रभावित पार्ने सम्भावनाको मध्यनजर गर्दै अख्तियारले विद्यालयहरुको नाउ“ गोप्य राखेका छन् । यस्ता विद्यालयहरुबारे जिल्लास्थित सरोकारबालालाई समेत जानकारी गराइएको छैन् । छानवीनको क्रममा स्थलगत अनुगमन गरिएको विद्यालयहरुको समेत नाम गोप्य राखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिनिधिले जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयका एक÷एक जना प्रतिनिधिहरु राखेर छानवीन गरेको थियो । जिल्लामा कागजमै पठनपाठन गरेर सेवा सुविधा लिने यस्ता झोले विद्यालयमाथि कारबाहीको मांग गर्दै अख्तियारमा उजुरी परेपछि छानवीन अघि बढाइएको हो । यता, दोषी पाइएमा जोकोहीलाई पनि कडा कारबाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त लोकमान सिंहले बताएका छन् । यता, धनुषाको छानवीन सके लगत्तै छिमेकी जिल्ला महोत्तरीमा अवैध रुपमा सञ्चालित झोले विद्यालयका विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुगिसकेका छन् । टोलीमा प्रहरी अधिकारी, मन्त्रालयका सहसचिव र शाखा अधिकृत स्तरका कर्मचारी सहभागी रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाका अनुसार टोलीले जिल्लाबाट अख्तियारमा परेका एक सय ५० झोले विद्यालय सञ्चालनसम्बन्धी उजुरीलगायत अन्य सरकारी कार्यालय तथा संघ संस्थामाथि परेका विभिन्न उजुरीको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ । महोत्तरीका विभिन्न सरकारी कार्यालयमा भएको अनियमितता, घुसखोरीजस्ता अनेकौ विषयमा दर्जनौ उजुरी अख्तियारमा परेको उनले बताए । टोलीले जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, जलेश्वर नगरपालिकालगायतका कार्यालयमा अनुगमन गर्ने कार्यक्रम रहेको टोली प्रमुख सुदर्शन कोइरालाले जनाए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger