एकाबिहानदेखि चलेको शितलहर र हुस्सुका कारण सोमबार धनुषासहित तराईको जनजीवन प्रभावित बनेको छ ।
सोमबार एका बिहानदेखि शितलहर संगै बाक्लो हुस्सुका कारण सवारीसाधन आवतजावतमा समस्या भएको छ ।
जनकपुरबाट छुट्ने लामो तथा छोटो दुरीका सवारीसाधन ढिलो गरी संचालन भएको बुझिएको छ ।
बाक्लो हुस्सुका कारण एक्सप्रेस गाडीहरुमा समेत ब्रेक लागेको थियो । जनकपुरबाट वीरगंज, कांकडभिट्टा, धरान, विराटनगर, काठमाण्डौ लगायत लामो दूरीका एक्सपे्रस यात्रुबाहक बसको गति कम भएको देखियो । साना सवारीसाधन भने अबेरदेखि मात्र गुडेको देखियो ।
अपरान्हपछि मात्र मौसममा आएको सुधारका कारण जनकपुरबाट उडने हवाइ सेवा संचालन भएको थियो ।
क्रमिक रुपमा मौसममा सुधार हुदै गएपछि दिउसो बजारमा सर्वसाधारणको चहलपहल समेत बाक्लिएको थियो ।
सोमबार धनुषाको अधिकतम तापक्रम २२.४ डिग्री र न्युनतम तापक्रम १० डिग्री सेन्टिग्रेड मापन गरिएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जनकपुरले जनाए ।
गएको दुई दिनमा धनुषाका तापक्रम १० डिग्री तल झरेको थियो । सोमबार अबेर मात्र मौसममा सुधार आएपनि तापक्रममा भने बिहानैदेखि सुधार देखिएको मौसम विज्ञान विभागले जनाए ।
यता, पछिल्लो दुई सातायता तराईमा चलेको शीतलहर र हुस्सुका कारण अत्यधिक चिसो बढेपछि सिरहाको जनजीवन कष्टकर बन्दै गएको छ ।
शीतलहरसगै माथिबाट खस्ने तुषारो र पश्चिमी हावाले अत्यधिक चिसो बढाएपछि सर्वसाधारण कठयांग्रिएर घरबाट बाहिर निस्कन सकेका छैनन् । शीतलहरले ग्रामीण क्षेत्रमा बसोवास गर्ने दलित, गरिब, विपन्न समुदायका मानिस बढी प्रभावित बनेका छन् । न्यानो कपडाको अभावमा चिसोबाट जोगिन उनीहरु धुर, आगो तापेर बस्ने गरेका छन् ।चिसो बढेपछि लहानस्थित रामकुमार शारडा–उमाप्रसाद मुरारका अस्पतालमा अपच, निमोनिया, दम, खोकीलगायतका बिरामी बढेको अस्पतालका चिकित्सक मिश्रीलाल साहले बताउनुभयो । जाडोले स्थानीय हाट बजारमा सर्वसाधारणको चहलपहल घट्नाका साथै सरकारी कार्यालय खुले पनि सेवाग्राहीको चाप घटेको छ । विद्यालयमा पढ्न जाने विद्यार्थीको सरु्ख्या पनि पातलिँदै गएको छ ।

No comments:
Post a Comment