जानकी मेडिकलले ५ करोड कर तिर्न बाँकी - मिथला दर्सन !
Headlines News :
Home » » जानकी मेडिकलले ५ करोड कर तिर्न बाँकी

जानकी मेडिकलले ५ करोड कर तिर्न बाँकी

Written By Unknown on Monday, 6 January 2014 | 21:06

जानकी मेडिकल कलेजले सर्बसधारणलाई मात्र झुक्याउने गरेको छैन ।करोडौ रुपैया राजस्व समेत छली गरिरहेकोछ ।स्रोतहरुका अनुसार कलेजले ५ करोड बढी राजस्व तिर्न बा“की रहेकोछ ।
‘जानकी मेडिकल कलेजले वर्षेनी तिर्नुपर्ने राजस्व तीन वर्ष देखि बुझाएको छैन’आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख रमेश अर्यालले भने–पटकपटक ताकेतागर्दा त्यस अघिको दुई करोड जति कर जम्मा गरेकोछ ।

शिक्षा कर, कर्मचारी तलबमा लाग्ने कर, स्वास्थ्य सेवा कर, रोजगार कर लगायतका करहरु समेत कलेजले नबुझाएको तीन वर्ष बढी भइसक्यो ।प्रमुख    अर्यालका अनुसार शिक्षा, तलबभत्ता, स्वास्थ्य सेवा लगायतका करहरु अरुबाट लिएर कलेज स्वयंले चलाएको देखिन्छ । ‘तीन वर्षदेखि कलेजले आय व्यय बिवरण भरिएको कर फारमहरु समेत बुझाएको छैन’उनले भने–कर बिबरण सहित कर रकम बुझाउन निरन्तर ताकेता भइरहेकोछ ।अख्तियारले कलेजमा गरेको छानबिनमा आन्तरिक राजस्व कार्यालय जनकपुरकापनि प्रतिनिधि सहभागि थिए ।

स्रोतहरुका अनुसार कलेजले बिगतमा भरेको कर बिबरणपनि यथार्थ रहेको छैन ।ब्यापक कर छली गरिएको स्रोतहरुको दाबी छ ।मेडिकल कलेजमा गत वर्ष सम्म एक सय जना विद्यार्थीको भर्ना सिट थियो ।तर कलेजका लागि चाहिने आवश्यक पूर्बाधार नरहेको जनाउ“दै नेपाल मेडिकल काउन्सिलले २० वटा सिट घटाइ दिएको थियो ।तर अहिलेपनि पूर्बाधार तयार गरिएको छैन ।

अख्तियारले गरेको छानबिनको क्रम जारी रहेको उल्लेखगर्दे आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख अर्यालले भने–प्रष्ट देखिएको करपनि कलेजले समयमा तिरेको छैन ।समयमा कर नतिरेको कारण उसलाई जरिवाना हुन सक्ने प्रमुख अर्यालले जनाए ।
मेडिकल कलेजका सञ्चालक र अधिकारीहरु यस सम्बन्धमा कुनै प्रतिकृया दिन उपलब्ध भएन ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger