मधेसी नेतालाई देशकै ठूला शत्रु भन्दै साहले लिए सन्यास शरतसिंहका महासचिवले यसकारण छाडे राजनीति - मिथला दर्सन !
Headlines News :
Home » » मधेसी नेतालाई देशकै ठूला शत्रु भन्दै साहले लिए सन्यास शरतसिंहका महासचिवले यसकारण छाडे राजनीति

मधेसी नेतालाई देशकै ठूला शत्रु भन्दै साहले लिए सन्यास शरतसिंहका महासचिवले यसकारण छाडे राजनीति

Written By Unknown on Friday, 3 January 2014 | 16:14

समानुपातिक सभासद छनोटको विवादसँगै राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा) परित्याग गरेका तत्कालिन महासचिव रामेश्वर शाहले अब राजनीति नगर्ने बताउनु भएको छ । २०५८ मा सरकारको सचिवबाट अवकाश पाएका शाह मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक हुँदै शरतसिंह भण्डारी नेतृत्वको रामसपामा पुग्नु भएको थियो । singराजनीतिदेखि वितृष्णा लागेको भन्दै शाहले अनलाइनखबरसँग भन्नुभयो-’देशको सबैभन्दा ठूलो शत्रु भनेको नेताहरु हुन्, त्यसमा पनि मधेसी नेताहरु नै हुन्’ अनलाइनखबरसँग कुरा गर्दै साहले भन्नुभयो-’राम्रो र इमान्दार मान्छे उनीहरुलाई चाहिँदैन । पैसा चाहिन्छ ।’ उपेन्द्र यादवदेखि विजय गच्छदार, शरतसिंह, राजकिशोर, राजेन्द्र महतोसहितका सबै मधेसी नेताहरुसँग संगत गरेको भन्दै उहाँले भन्नुभयो-’उनीहरुले मधेसीको नाममा ठग्ने बाहेक केही काम गरेका छैनन् ।’ अबको समय समाजसेवा र अध्ययनमा बिताउने भन्दै उहाँले मधेसको राजनीतिमा इमान्दार मान्छेहरु आए सहयोग भने गर्ने बताउनुभयो । आफूलाई उपेन्द्रको राजनीतिको बाबुजस्तै भएको बताउने साह उपेन्द्रले पनि सत्ता केन्दि्रत राजनीति गरेका कारण सँगै हिँड्न नसकेको बताउनुभयो । ‘६३ साल माघमा अन्तरिम संविधान जलाउँदा उपेन्द्रजीहरु पक्राउ परेपछि मधेस नागरिक समाजको नामबाट हामीले मधेस आन्दोलन थाल्यौं’ उहाँले भन्नुभयो-’केही गर्ला भन्ने ठानेको थिएँ तर, सत्ता केन्दि्रत भयो र माओवादीसँग हिँड्न खोजेपछि अलग भएँ ।’ तत्कालीन माओवादीलाई कमजोर बनाउन पार्टी फुटाएर उपेन्द्रलाई कमजोर बनाएको र विजय गच्छदारलाई साथ दिएको भन्दै उहाँले भन्नुभयो-’उहाँमा पनि त्यही चरित्र देखियो ।’ मभन्दा योग्य को छ ? आफूले संविधानसभामा जाने खोजेको स्वीकार गर्दै साहले शरतसिंहले पैसा लिएर सभासद बेचेको आरोप लगाउनुभयो । ‘योग्य मान्छे जानुपर्छ भन्ने हो, पार्टीमा मभन्दा योग्य को छ ?’ साहले भन्नुभयो-तलव भत्ता खान होइन, आफूसँग भएको क्षमताले देशलाई सेवा गर्न संविधानसभामा जान खोजेको हुँ । तर, पार्टी अध्यक्षले पैसा लिएर केही नबुझेकालाई संविधानसभामा पठाएकाले अलग भएको हुँ ।’
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger