एमाओवादीमा शुरु भो प्रचण्ड-बाबुराम हटाउने अभियान ! (भिडियोसहित) चारैजनाको औचित्य सकियो, अर्को प्रचण्ड चाहिँदैन : भण्डारी - मिथला दर्सन !
Headlines News :
Home » » एमाओवादीमा शुरु भो प्रचण्ड-बाबुराम हटाउने अभियान ! (भिडियोसहित) चारैजनाको औचित्य सकियो, अर्को प्रचण्ड चाहिँदैन : भण्डारी

एमाओवादीमा शुरु भो प्रचण्ड-बाबुराम हटाउने अभियान ! (भिडियोसहित) चारैजनाको औचित्य सकियो, अर्को प्रचण्ड चाहिँदैन : भण्डारी

Written By Unknown on Friday, 3 January 2014 | 16:14

एकीकृत नेकपा माओवादीभित्र प्रचण्ड, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटी चारैजना नेतालाई हटाएर नयाँ सामुहिक नेतृत्व निर्माण गर्ने अभियानको थालनी भएको छ । पार्टीभित्र युवापुस्ताका केन्द्रीय सदस्यले यस्तो अभियानको शुरुवात गरेका हुन् ।
hemraj-bhandari
‘बाबुराम, प्रचण्ड र नारायणकाजीहरु यो पार्टीको नेतृत्वमा रहँदासम्म पार्टीभित्र गुटबन्दीको अन्त्य नहुनेरहेछ भन्ने ३/४ वर्षको अभ्यासले देखाइसकेको छ, अब उहाँहरुलाई रिप्लेस नगरिकन पार्टीभित्रको गटबन्दी अन्त्य हुँदैन’ एमाओवादीका केन्द्रीय सदस्य हेमराज भण्डारीले शुक्रबार राजधानीमा आयोजित ‘अनलाइनखबर बहस’ कार्यक्रममा भन्नुभयो, ‘हामीले यो अभियान शुरु गरिसकेका छौं र यो अभियानलाई एमाओवादीभित्र व्यापकरुपमा बढाएर नलगेसम्म अब नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनकै भविश्य अन्धकारमा पर्ने खतरा मैले देखेको छु ।’
अनलाइनखबरले प्रारम्भ गरेको बहस श्रंखलामा दलहरुभित्रको आन्तरिक लोकतन्त्र कसरी सुदृढ गर्ने भन्ने प्रश्नमा एमाओवादी नेता भण्डारीले भन्नुभयो, ‘हेटौडा महाधिवेशनबाट पदाधिकारी बनाइएका र माओवादीका शीर्ष नेता भनेर जो चिनिनु भएको छ, उहाँहरुले आफ्नो औचित्यलाई कमजोर सावित गरिसक्नुभएको छ ।’
पूर्वसभासद समेत रहनुभएका भण्डारीले प्रचण्ड, बाबुराम, नारायणकाजी र पोष्टबहादुरलाई लक्षित गर्दै भन्नुभयो, ‘अहिले तपाईहरुले छाडिदिनुपर्छ, तपाईहरु अविभावकीय भूमिकामा बस्नोस्, तपाईहरुको लामो अनुभव र योगदान छ । गणतन्त्रसम्म यो मुभमेन्टलाई ल्याउनुभयो । त्यसैले तपाईहरुले अविभावकीय रुपमा गाइडिङ गर्नोस् । तर, तपाईहरु कार्यकारी पदमा नबस्नोस् भनेर हामीले अभियान शुरु गरेका छौं ।’
उहाँले थप्नुभयो, ‘मैले व्यक्तिगत रुपमा भनेको छु, पार्टीभित्र पनि भनेको छु र बाहिर सार्वजनिकरुपमा पनि भन्छु, अहिलेको पार्टीका मुख्य नेताहरुले आफ्नो औचित्य समाप्त गरिसक्नुभएको छ ।’
नेता भण्डारीले पुराना नेतालाई ‘रिप्लेस’ गर्ने यस्तो अभियान अरु पार्टीमा पनि चल्नुपर्ने बताउनुभयो । आफ्नो दलभित्र यो अभियानमा कोको नेताहरु सहभागी छन् भन्ने उहाँले खुलाउनुभएन । तर, प्रचण्ड एक्लै नभएर शीर्ष नेताहरुको टिमै असफल भएको उहाँले बताउनुभयो ।
‘प्रत्येक अघिल्लो पुस्ताभन्दा पछिल्लो पुस्ताको सोच प्रगतिशील छ । हामीभन्दा पछिल्लो पुस्ताले हामीलाई नेता नमान्नेजस्तो स्थिति हामीले भोगिसक्यौं, भण्डारीले भन्नुभयो, ‘प्रचण्ड, बाबुराम, नारायणकाजी र बोगटी एकैपटक हट्नुपर्‍यो ।’
अर्को प्रचण्ड बनाउने पक्षमा छैनौं
आफूहरु पार्टीभित्र एउटा प्रचण्डलाई हटाएर अर्को प्रचण्ड बनाउने पक्षमा नरहेको भण्डारीले स्पष्ट पार्नुभयो । ‘प्रचण्डको स्थानमा अर्को प्रचण्ड स्थापना गर्ने पक्षमा हामी छैनौं, त्यहाँ सामुहिक नेतृत्व प्रणाली कसरी स्थापित गर्न सकिन्छ, त्यो गरिन्छ, उहाँले भन्नुभयो, ‘व्यक्ति समस्या होइन, प्रवृत्ति समस्या हो । नेताहरुमा भएको आत्मकेन्दि्रत, व्यक्तिकेन्दि्रत र पार्टीलाई गुठी वा गुटहरुको संयुक्त मोर्चा बनाउने प्रवृत्ति जो छ, त्यो प्रवृति नै सबैभन्दा घातक भएको हुनाले यो प्रवृत्तिलाई अन्त्य गरी सामुहिक नेतृत्व प्रणालीमा हामी जानुपर्छ भन्ने हाम्रो भनाइ हो ।’
भिडियो

Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger