प्रधान सम्पादक चढेको गाडी तोडफोड गर्ने पक्राउ : - मिथला दर्सन !
Headlines News :
Home » » प्रधान सम्पादक चढेको गाडी तोडफोड गर्ने पक्राउ :

प्रधान सम्पादक चढेको गाडी तोडफोड गर्ने पक्राउ :

Written By Unknown on Thursday, 9 January 2014 | 02:27

नागरिक राष्ट्रिय दैनिकका प्रधान सम्पादक चढेको बा.५ च ३९५९ नंबरको कार तोडफोड गर्ने काठमाडौ–३४ शन्तिनगर बस्ने २३ बर्षीय सुमन थापा लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा निज थापा लगायत ओखलढुङ्गा सल्लेरी–८ घर भई हाल काठमाडौ–३४ बानेश्वर बस्ने २७ बर्षीय नवराज गुरुङ्ग , ओखलढुङ्गा सल्लेरी–२ घर भई हाल काठमाडौ–३४ बानेश्वर बस्ने २० बर्षीय रजिन गुरुङ्ग, बाँके नेपालगंज–३ धम्बोजी घर भएका २७ बर्षीय विश्व पोखरेल ,काठमाडौ–९ सामाखुसी बस्ने २३ बर्षीय मिलन खड्का , काठमाडौ–३४ शन्तिनगर बस्ने २० बर्षीय चन्द्र विर जिम्बा, भक्तपुर सानोठिमी–१७ बस्ने १८ बर्षीय बिकाश कोजु र अर्घाखाची सन्धिखर्क–६ घर भई हाल काठमाडौ–३५ तिनकुने बस्ने १९ बर्षीय शुसिल पौडेल रहेका छन् ।

निजहरुले गत पुस २३ गते १८:४० बजे काठमाडौ महानगरपालिका–३४ भिमसेनगोलामार्ग चोकमा खुकरी तथा फलामको रडले आक्रमण गर्दा उक्त कारको पछाडी पट्टीको शिशा फुटेको थियो ।

निजहरुलाई आज महानगरीय प्रहरी अपराध महाशाखामा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरिएको थियो ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger