संविधानसभाको बैठक बोलाउने बारेमा राष्ट्रपति डा. रामवरण यादव र अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीबीचको विवाद समाधान हुने सङ्केत देखिएको छ । लामो समयको विवाद पछि पनि निकास निस्कने सम्भावना कम रहेको र अदालतमा दुवै पक्षबाट दायर गरिएको रिटको फैसलामा पनि झमेला रहेकोले राष्ट्रपति यादव आफै विवाद मिलाउन लचक देखिनुभएको हो । हिजो साँझ राष्ट्रपति यादवले संविधानसभा बैठक बोलाउने बारेको समस्या समाधानका उपायबारे गृहमन्त्री माधवप्रसाद घिमिरे, कानुनमन्त्री हरिप्रसाद न्यौपाने, महान्यायाधीवक्ता द्रोणराज रेग्मीसँग आफ्नै निवासमा बोलाएर छलफल गर्नुभएको थियो ।
हिजै राष्ट्रपतिले मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई शितल निवास बोलाएपनि उहाँहरुबीच भेट हुन सकेन, छलफलको समय तय नभएपनि आज राष्ट्रपति र मन्त्रिपरिषद् अध्यक्षबीच भेट हुने राष्ट्रपतिका कानुनी सल्लाहकार सूर्य ढुङगेलले सीआईएनलाई जानकारी दिनुभयो । हिजोको छलफलमा सहभागी मन्त्री, महान्यायाधिवक्ता र आफ्नो कानुनी सल्लाहरकासँग छलफल गरेपछि राष्ट्रपतिले रेग्मीलाई आज शितलनिवासमा बोलाउनु हुनेछ । मन्त्रीपरिषद् अध्यक्ष रेग्मीले नै बैठक बोलाउने गरि राष्ट्रपति भवनमा मस्यौदा निर्माणको कार्य भईरहेको र आज मन्त्रिपरिषद् अध्यक्षसँगको भेटपछि त्यसलाई अन्तिम रुप दिईने ढुङगेलले जानकारी दिनुभयो । यसैबीच राष्ट्रपतिसँग छलफल हुनु अघि आज अध्यक्ष रेग्मीले मन्त्रिपरिषद् सदस्यहरूसँग छलफल गर्नुहुने भएको छ ।

No comments:
Post a Comment