पाठकको सालिक निर्माणमा चौतर्फी सहयोग - मिथला दर्सन !
Headlines News :
Home » » पाठकको सालिक निर्माणमा चौतर्फी सहयोग

पाठकको सालिक निर्माणमा चौतर्फी सहयोग

Written By Unknown on Saturday, 11 January 2014 | 02:28

सहिद सत्यनारायण पाठकको २६ औं पुण्य तिथि शुक्रवार जनकपुरमा मनाइएको छ ।
शहीद सत्यनारायण पाठक स्मृती प्रतिष्ठान जनकपुरले एक कार्यक्रमका बीच पाठकको पुण्य तिथिको अवसरमा मालाअर्पण तथा मौन धारण कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी सभासद मिनाक्षी झाले सहिद पाठकको सालिक निर्माण कार्यका लागि संसदकोषबाट रकम सहयोग गर्ने प्रतिवद्धता जनाइन ।

सो अवसरमा सभासद प्रमिला साहले पनि पाठकको सालिक निर्माण गर्न अक्षय कोषको रकमबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाइन । यस्तै नेपाली कांग्रेसका जिल्ला सभापति राम सरोज यादवले सालिक निर्माणका लागि ६० हजार, रामसागर बाबाले ११ हजार, पत्रकार नवल किशोर यादवले ५ हजार, उत्तिम मण्डलले २५ सय, अनिता श्रीवास्तवले ११ सय रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रतिष्ठानका सचिव अरुण कुमार झाले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका सचिव संतोष यादव, कोमल कान्त झा, दिगम्वर राय, प्रफुल्ल राज घिमिरे, हरिशंकर साह, धिरेन्द्र मोहन झा, अनिता श्रीवास्तव, रामनारायण पाठक, रामएकवाल साह, रामदेव यादव, मनोज साह लगायतका सहभागीहरुले सहिद पाठकको यागदानका साथै व्यक्तिगत चरित्रको बारेमा चर्च गरेका थिए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger