कक्षा ११ को परीक्षाफल प्रकाशित, ४० प्रतिशत उत्तिर्ण - मिथला दर्सन !
Headlines News :
Home » » कक्षा ११ को परीक्षाफल प्रकाशित, ४० प्रतिशत उत्तिर्ण

कक्षा ११ को परीक्षाफल प्रकाशित, ४० प्रतिशत उत्तिर्ण

Written By Unknown on Saturday, 11 January 2014 | 02:29

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षाफल शुक्रबार प्रकाशित गरेको छ । कक्षा ११ मा नियमिततर्फ दुई लाख ६३ हजार २२० विद्यार्थी सहभागी भएकामा एक लाख चार हजार ६९६ जना अर्थात् ४० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागीमध्ये ११ जनाको परीक्षाफल स्थगित गरिएको र २२८ जनाको परीक्षाफल रद्द गरिएको परीक्षा नियन्त्रक दुर्गा अर्यालले जानकारी दिनुभयो ।
त्यसैगरी आंशिकतर्फ एक लाख ५४ हजार ६०८ जना परीक्षार्थी परीक्षामा सहभागी भएकामा ५० हजार ९०८ जना अर्थात् ३३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको छ । परीक्षामा सहभागीमध्ये १३ जना परीक्षार्थीको परीक्षाफल स्थगित गरिएको र ८६ जनाको रद्द गरिएको छ । गत जेठमा सञ्चालित परीक्षाको नतिजा संविधानसभा निर्वाचनका कारण सार्वजनिक गर्न ढिलाइ भएको परीक्षा नियन्त्रक अर्यालले बताउनुभयो ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger