प्लेनमा धुमपानको दुस्साहस गर्दा यस्तो परिणाम ? - मिथला दर्सन !
Headlines News :
Home » » प्लेनमा धुमपानको दुस्साहस गर्दा यस्तो परिणाम ?

प्लेनमा धुमपानको दुस्साहस गर्दा यस्तो परिणाम ?

Written By Unknown on Friday, 3 January 2014 | 16:17

Print Friendly and PDF
बिमान चढ्नासाथ बिमानभित्र धुमपान निषेध गरिएका संकेत जताततै देखिन्छ । त्यसमाथि सुरक्षा जानकारी दिनेबेला परिचारिकाहरुले पनि पटकपटक त्यस्तै आग्रह गर्छन– कृपया बिमानभित्र धुमपान नगरिदिनुहोला ।
तर, कतिपय मानिस यस्ता हुन्छन जसलाई यी सव आग्रहले छुँदैन । जसरी पनि चुरोटको तलतल मेट्नै पर्ने हुन्छ । चुरोट पिउने दुस्साहस गर्नु कति धातक हुन्छ भन्ने हालै एक अधवैंशेले भोगेका छन् ।
Mathias Jorg
उनले ७ घण्टासम्म हातखुट्टा डोरीले बाँधेर बस्नुपर्ने भएको छ । ५४ वर्षका मिथाइस जोर्गले सिंगापुरबाट ब्रिसेबन जाने क्रममा उडिरहेको हवाइजहाजमा धुमपान गर्ने प्रयास गरेका थिए ।
सुरुमा उनलाई हजाइजहाजका कर्मचारीहरुले त्यो नगर्न आग्रह गरे । तर, उनी हिंस्रक बन्न खोजे । जसका कारण सवा ७ घण्टाको उडानमा उनको हात र खुट्टा बाँधेर राखिएको थियो ।
प्लेनमा रहेका एक यात्रुको उनको तस्वीर खिचेका थिए, जसमा उनको हात र खुट्टा बाँधिएको प्रष्ट देखिन्छ । इमिरेट्स एयरको विमान ब्रिसवेनमा पुगेपछि जोर्गलाई प्रहरीको जिम्मा लगाइएको छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger