एमाओवादीमा अन्तर कलह छताछुल्ल - मिथला दर्सन !
Headlines News :
Home » » एमाओवादीमा अन्तर कलह छताछुल्ल

एमाओवादीमा अन्तर कलह छताछुल्ल

Written By Unknown on Friday, 3 January 2014 | 23:27

Print Friendly and PDFदोस्रो संविधानसभाको चुनावमा पार्टी निति विपरित कार्य गरेको तथा आफनै पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै आरोप लागेका एमाओवादीका नेताहरुले शुक्रवार जनकपुरमा छुट्टै भेला गरेका छन । एमाओवादीबाट कारवाहीमा परी साधारण सदस्य समेतबाट निष्कासनमा परेका श्रवण यादव बरबरियाको प्रमुख आतिथ्यमा आयोजित भेलामा एमाओवादीका असर्फी भिनवार, युवा नेता देवसागर दास, चन्देश्वर पुर्वे, सरोज गोहिवार , बुधराम यादव, बैजनाथ यादव, नवल यादव, शिक्षक नेता रामसुनर यादव, महिला नेतृ रेखा यादव, अजय पासवान , रामस्वार्थ ठाकुर,सीताराम साफी, फुलगेन्द्र साह, विद्यार्थी नेता विजय यादव लगायतको उपस्थिति रहेको स्रोतले जनाएका छन । यस्तै भेला एमाओवादी क्षेत्र नं. ४ का इन्चार्ज भरत अधिकारी, क्षेत्र नं. ५ का इन्चार्ज चन्दशेखर पासवान र क्षेत्र नं. ३ का इन्चार्ज शेष अन्सारुलको पनि सहभागिता थियो । बैठकमा सहभागी अधिकांश नेताहरुले चुनावमा आफनै उम्मेदवारलाई पराजित गराउन चलखेल गरेको भन्दै पार्टी पंक्ति भित्र नै आरोप प्रत्यारोप चलेको थियो । भेलामा सहभागी नेता कार्यकर्ताहरुले संविधानसभाको चुनाव अगाडी र पछाडि पार्टीका शीर्षस्थ तहबाट गल्ती भएकोमा जोड दिएका थिए । पार्टीले जनयुद्धमा लागेका, निरन्तर रुपमा पार्टीलाई सहयोग गरेका तथा सहिद वेपता परिवारलाई सभाषदका लागि प्रत्यक्षमा टिकट नदिएको साथै समानुपातिकमा पनि पैसा चलखेलमा पार्टीले सभाषदका लागि सिफारिश गरेको गुनासो गर्दै सच्चयाउनुपर्नेमा जोड दिएका थिए । पार्टी नेतृत्व पंक्ति विचलनमा परेकाले सच्चाउनुपर्ने सहभागीहरुको भनाई थियो । कार्यक्रममा कारवाहीमा परेका श्रवण यादवले पार्टी पंक्ति कमजोर अवस्थामा पुगेको भन्दै नेतृत्व पंक्तिलाई बचाउने अभियानमा लाग्नुपर्ने बताए ।आफुलाई पार्टी अध्यक्ष प्रचण्डले कारवाही गरेको भएपनि जनताले आफुलाई पहिलेको जस्तै माया स्नेह दिने गरेको उनले दावी गरे । आफूलाई अध्यक्ष प्रचण्डले समानुपातिकबाट सभाषद बनाई दिने आश्वासन दिए पनि व्यक्तिगत स्वार्थभन्दा पनि सामुहिक स्वार्थ ठूलो हुने भएकाले जनताकै सल्लाह अनुसार आफुले स्वतन्त्र उम्मेदवारी नै दिएको समेत उनले बताए । सो अवसरमा भेलको अध्यक्षताको भुमिका समेत निर्वाह गरेका नेता असर्फी भिन्वारले पार्टीमा दल फेर्ने नेताहरुको हावी भएको बताए । उनले पार्टीभित्र नेतृत्व पंक्ति स्वयमले गुटबन्दी गरेको दावी गर्दै पार्टी पंक्तिले गल्तीहरु नसच्चाइएको खण्डमा पार्टीबाट अल्ग समेत हुन सक्ने चेतावनी दिए । यता एमाओवादीका जिल्ला इन्चार्ज रामचन्द्र मण्डलले उक्त भेला पार्टी निति विपरित भएको बताएका छन । जनकपुर टुडेसंग कुरा गर्दै मण्डलले पार्टी निति विपरित कार्य गर्ने जो कोही पनि उम्किन नसक्ने बताए । मण्डलले शुक्रवारको भेलामा सहभागी सम्पुर्ण नेता कार्यकर्ताले चुनावको समयमा पार्टीसंग खेलवाड गरी अन्तरघात गरेको दावी समेत गरे ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger