दाहालले भट्टराईलाई सोधे- 'दस्ताबेज तपाई कि म लेखूँ' - मिथला दर्सन !
Headlines News :
Home » » दाहालले भट्टराईलाई सोधे- 'दस्ताबेज तपाई कि म लेखूँ'

दाहालले भट्टराईलाई सोधे- 'दस्ताबेज तपाई कि म लेखूँ'

Written By Unknown on Saturday, 4 January 2014 | 23:01

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा देखिएको बिवादबारे नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसंग छुट्टाछुट्टै छलफल गरेका छन् । पुस अन्तिम साताका लागि तय भएको केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने राजनीतिक दस्ताबेजबारे छलफल गर्न दाहालले दुबै नेतालाई बोलाएका हुन् ।
दाहाल निवास लाजिम्पाटमा भएको छलफलमा दाहालले छुट्टै राजनीतिक दस्ताबेज ल्याउनेबारे भट्टराईको धारणा मागेका थिए । 'अध्यक्षले पहिले तपाई लेख्ने कि म दस्ताबेज लेखू भन्नुभयो' भट्टराईले भने, 'पहिले तपाई तयार गर्नुस्, चित्त बुझेन भने म अर्को लेखौला ।' दस्ताबेज ल्याउने तयारी गरेका भट्टराईले पार्टी पराजयको कारण, संगठन रुपान्तरणका बिषयमा आगामी केन्द्रीय समिति बैठकमा कसरी छलफल गर्ने भन्नेबारे कुराकानी भएको जनाए ।
एमाओवादीले समानुपातिक सभासद्को अन्तिम सूची बुझाएपछि दाहाल र भट्टराई- श्रेष्ठबीच बिवाद चर्किएको थियो । बिवाद चर्किएपछि दाहालले भट्टराई र श्रेष्ठसंग छलफल गरेका हुन् । दाहाले पहिले भट्टराई र त्यसपछि श्रेष्ठसंग छुट्टाछुट्टै भेटेका थिए ।
दाहालले श्रेष्ठसंग पनि राजनीतिक दस्ताबेज लेख्नबारे कुराकानी गरेका थिए । श्रेष्ठले मुलुकको संकट निवारण, नयाँ पार्टी निर्माण हुनेगरी दस्ताबेज ल्याउन सुझाव दिएको जानकारी दिए । 'अध्यक्षलाई संकट निवारण, पार्टी रुपान्तरणसहितको दस्ताबेज ल्याउन सुझाव दिए' उनले भने, 'दस्ताबेजमा मैले सोचेको कुरा परेन भने अर्को दस्ताबेज ल्याउनेबारे सोच्न सकिन्छ ।'
दुबै नेतासंग दाहालले करिब एक/एक घण्टा छलफल गरेका थिए । संविधानसभाको दोस्रो निर्वाचनमा पार्टी पराजय हुनुको कारणबारे 'गंभीर' समीक्षा गर्ने भन्दै केन्द्रीय समिति बैठक बोलाइएको हो । 'पार्टी पराजय हुनुको मुख्य कारण के हुन्, अब कसरी अघि बढ्न सकिन्छ भन्नेबारे अध्यक्षले सुझाव लिन खोज्नु भएको रहेछ' श्रेष्ठले भने, 'अध्यक्षले मैले दिएका सुझाव समेट्ने बताउनु भएको रहेछ, हेरौं के गर्नु हुन्छ ?'
यसैबीच प्रवक्ता अग्नि सापकोटाले अध्यक्ष दाहालले पुस २६ गते बस्ने बैठकका लागि दस्तावेज लेख्न थालेको बताए । उनले पार्टी केन्द्रीय कार्यालयमा शनिबार नियमित पत्रकार छलफलमा पार्टीमा देखिएको मतभेद नयाँ पार्टीमा निर्माणमा केन्द्रित भएको बताए । 'अहिले पार्टीमा फरक मत पनि नआएको र वैचारिक लाइन पनि फरक छैन' उनले भने, 'प्रचण्डको नेतृत्वमा पार्टीलाई सुदृढीकरण र एकतावद्ध गराउने प्रतिवद्धता रहेकोले मिडियामा प्रचार भए जस्तो नीति एउटाको नेतृत्व एउटाको भन्ने कुरा गलत छ ।  नीतिको निर्माण पनि प्रचण्डले गर्नुभएको हो र नेतृत्व पनि उहाँकै हो ।'
उनले नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गर्न एमाओवादीमा बहस भएको बताए । 'क्रान्तिकारी पार्टी निर्माणमा यस्तै तर्ग छुट्ने गरी बहस हुन्छ ।'
विवादहरु राजनीतिक र बैचारिक बहसमा केन्दि्रत भइरहेकोले पार्टीमा एकता हुने बिश्वास ब्यक्त गरे ।  'बरिष्ठ नेताहरुको बीच छलफल भईरहेको छ, छलफलमा जनवादी केन्द्रीयतामा कमि भएको महशुस भएको छ' उनको भनाइ थियो ।
Print Friendly and PDF
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger