मनाङको तेस्रो जित - मिथला दर्सन !
Headlines News :
Home » » मनाङको तेस्रो जित

मनाङको तेस्रो जित

Written By Unknown on Thursday, 9 January 2014 | 23:49

लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दी र श्रीनाथ कलेक्सन आरसीटी ५९ वर्ष पुरानो सहिद स्मारक 'ए' डिभिजन लिगकै सर्वाधिक सफल क्लब हुन् । यी दुई ६-६ पल्ट च्याम्पियन भए । तर ४० औं संस्करणमा बुधबार मनाङविरुद्ध आरसीटीको खेल प्रतिस्पर्धात्मक रहेन । मनाङले एकपक्षीय खेल ४-० ले आफ्नो बनायो ।

शीर्षस्थानको मनाङले तेस्रो जितसँगै नौ अंक बनायो । उसलाई ३ अंक अन्तरमा रहेका आर्मी, थ्री-स्टार र पुलिसले चौथो चरणमै भेटाउन सक्नेछन् । उनीहरूले एक-एक खेल कम खेलेका छन् । अघिल्लो खेलमा मनाङलाई स्तब्ध पारेको यति एयरलाइन्स हिमालयन शेर्पाले ब्वाइज युनियनमाथि १-० को साँघुरो जित रच्दै दोस्रो स्थानमा उक्लियो । सात स्थान फड्को मारेको उसको ७ अंक

छ । लगातार चौथो हारसँगै ब्वाइज युनियन अंकविहीन पुछारमा छ । आरसीटी १ अंकमा रेलिगेसन क्षेत्रमै छ ।

सुरज हमालले ५५ औं मिनेटमा गरेको गोल हिमालयनलाई ३ अंक दिलाउन पर्याप्त भयो । उनले ब्वाइज युनियनका कमल श्रेष्ठबाट खोसेको बललाई पोस्टको दिशा दिँदै हिमालयनको भाग्य खोलेका थिए । त्यसको ५ मिनेटअघि हिमालयनका सेगुन एकिनडेको प्रहारमा भने बल क्रसबारमा लाग्दै बाहिरियो । उनले १७ औं मिनेटमा हानेको बल पोस्टमाथिबाट बाहिरियो । उनी ५६ औं मिनेटमा प्राप्त अवसरमा पनि चुके । उनको प्रहार फितलो रहेपछि खाली पोस्टतर्फ अगाडि बढेको बल ब्वाइज युनियनका डिफेन्सले क्लियर गरे ।

हिमालयनले रक्षात्मक रणनीति लिएपछि अन्तिम २० मिनेट ब्वाइज युनियन प्रभावी देखियो । तर उसले गोलका अवसर सिर्जना गर्न सकेन । त्यसैले एनसेल कपमा अविश्वसनीय रूपमा फाइनल पुगेको उसले लिगमा उस्तै प्रभाव देखाउन असफल भयो । लगातार चौथो खेल हारेपछि रेलिगेसनको दबाब बढेको उल्लेख गर्दै ब्वाइज युनियनका प्रशिक्ष्ाक विजय महर्जनले भने, 'मैले भनेको खेलाडीले टेरेनन् । खेलमा सुधार गर्नुपर्छ ।'

ठीकै खेलेकाले अग्रता जोगाउन गाह्रो परेको हिमालयनका कार्यवाहक प्रशिक्ष्ाक तेन्जिङ शेर्पाले बताए । '३ अंकमा खुसी छौं । राहत मिल्यो,' उनले भने । अब सुपरलिग खेल्न शीर्ष ६ स्थानका निम्ति प्रतिस्पर्धा गर्ने उनले बताए ।

दीपकको उत्कृष्ट गोल

आरसीटीविरुद्ध मनाङले सुरुबाटै आक्रामक खेल्यो । योना इलियसले दोस्रो मिनेटमै प्रहार गरेको बल क्रसबारमा लागेर बाहिरियो । तर अग्रता लिन मनाङले धेरैबेर कुर्नुपरेन । दीपक राईले नवौं मिनेटमा प्रशंसनीय गोल गर्दै मनाङलाई अगाडि बढाए ।

मैदानको मध्य भागबाट अगाडि बढाउँदै तीन विपक्षी खेलाडीलाई छक्याएर उनले प्रहार गरेको गोल उच्चकोटिको थियो । योसँगै उनले लिगमा तेस्रो गोल पूरा गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा पुगे । उनकै सहकर्मी सुलभ मास्केले पनि गोल संख्या ३ पुर्‍याए ।

रूपेश केसीको पासमा अफसाइड ट्रयाप बिट गर्दै सुलभले सेकेन्ड बार च्याप्दै प्रहार गरेको बलले ५१ औं मिनेटमा जाली चुमेको थियो । त्योसँगै मनाङको अग्रता २-० भयो । अन्तिम दुई गोलको अवसर सब्स्िटच्युट अनिल गुरुङले सिर्जना गरे । यस्तोमा सुजल श्रेष्ठले ८३ र युसुफ अलिभले ८७ औं मिनेटमा गोल गरे ।

तीन अंक महत्त्वपूर्ण भएको उल्लेख गर्दै मनाङका प्रशिक्ष्ाक हरिओम श्रेष्ठले भने, 'सुरुमै अग्रता लिएपछि सजिलो मानेकाले पहिलो हाफमा धेरै गोल

भएन ।' आरसीटीका प्रशिक्ष्ाक मधु कार्कीले दोस्रो हाफमा आफ्नो खेलाडीको फिटनेस नपुगेको बताए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger