परीक्षा नियन्त्रकको व्यक्तिगत कारणले उच्च माध्यमिक शिक्षा परिषद्ले गत वैशाख अन्तिम साता लिएको ११ कक्षाको परीक्षाको नतिजा अझै सार्वजनिक गरेको छैन ।
परिषद्को वाषिर्क शैक्षिक क्यालेन्डर अनुसार उक्त परीक्षाको नतिजा वैशाख अन्तिम सातासम्म गरिसक्नु पथ्र्यो । तर, परिषद्ले बिहीबारसम्म गरेको छैन । असोजमा प्रकाशित भएको १२ कक्षाको नतिजा चित्त नबुझेर पुनर्योगका लागि दिएका निवेदनमा पनि विज्ञानबाहेक अरूको सुनुवाइ भएको छैन । परीक्षा नियन्त्रक दुर्गाप्रसाद अर्याल परीक्षाका कामभन्दा पनि अख्तियारमा परेको उजुरीको पुष्टि गर्न समय खर्चेकोले ढिलाइ भएको स्रोतको दाबी छ । 'परीक्षाको काम लथालिंगै छाडेर अख्तियार धाउने र आवश्यक कागजपत्र जुटाउन लागि परे,' स्रोतले भन्यो । उनीविरुद्ध सतर्कता र अख्तियारमा उजुरी परेको थियो ।
उनले आफनै बढुवामा बढी समय खर्चिंदा ढिलाइ भएको स्रोतले जनायो । उनी कार्यसम्पादन मूल्यांकनको आधारमा उपसचिवबाट केही दिनअघि सहसचिवमा बढुवा भएका हुन् । 'परीक्षाको काम प्रभावित हुने गरी बढुवाको लागि धाए,' स्रोतले भन्यो । बेलैमा काम सक्न मातहतका कर्मचारीलाई
काम लगाउन नसकेको आरोप उनीमाथि छ ।
परीक्षा सकाएको एक महिनापछि साउन पहिलो साता उनी, परीक्षा समितिका अध्यक्ष, उपनियन्त्रक जयन्ती सत्याल सहितको टोली अवलोकन भ्रमण भन्दै भारत गएको थियो । परीक्षा समितिका पदाधिकारी बिदा बसे पनि अरूलाई कुनै जिम्मेवारी दिइएको थिएन । 'आफूले काम गर्न नभ्याउने भएपछि अरू कसैलाई विश्वास नगरेर जिम्मेवारी दिएनन्,' स्रोतले भन्यो, 'ढिलाइ हुनुको अर्को कारण यो पनि हो ।' बेलैमा नतिजा नआउँदा परीक्षामा सहभागी ४ लाख ६० हजार विद्यार्थी र तिनका अविभावक निराश छन् ।
वैशाख दोस्रो साता हुने वाषिर्क परीक्षा समेत सर्न सक्ने सम्भावना बढेको छ । वैशाख दोस्रो साता १२ कक्षा र अन्तिम साता ११ कक्षाको परीक्षा हुने शैक्षिक क्यालेन्डरमा उल्लेख छ । परिषद्का अनुसार नतिजा प्रकाशनका लागि रुजु भइरहेको छ । यसै साता नतिजा सार्वजनिक गरे पनि मौका परीक्षा माघको अन्तिम साता हुन्छ । गत वर्षको कार्यतालिका अनुसार विश्लेषण गर्दा नतिजा प्रकाशन गर्न थप एक महिना लाग्छ । क्यालेन्डर अनुसार परीक्षा फारम बुझाउने अन्तिम समय माघ मसान्तभित्र बुझाइसक्नुपर्ने हुन्छ । दोब्बर शुल्क तिरेर फागुन दोस्रो सातासम्म फाराम भर्न पाइन्छ । फागुनभित्र परीक्षाको समय तालिका समेत प्रकाशन गरिसक्नु पर्छ । अन्य शैक्षिक संस्थाको तुलनामा परिषद्ले केही वर्ष अघिसम्म क्यालेन्डर लागू गरेर चर्चा कमाएको थियो । पछिल्लो वर्षमा संस्थाको कार्य क्षमतामा प्रश्न उठ्न थालेको छ ।
प्रशासन, पाठयक्रम, सम्बन्धन, योजना महाशाखाका करिब ४५ कर्मचारीबाहेक परीक्षा महाशाखा र आठ क्षेत्रीय कार्यालयमा कार्यरत अधिकांश कर्मचारी परीक्षामा खटिएका हुन्छन् । परीक्षा महाशाखामा मात्रै ८५ जना छन् । परिषद्को दरबन्दी अनुसार ३ सय २० कर्मचारी छन् ।
परीक्षा नियन्त्रक अर्यालले आफ्नो व्यक्तिगत कारणले नभई परीक्षाका कर्मचारी निर्वाचनमा खटिएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको बताए । निर्वाचनका लागि परीक्षाका मात्रै ३६ जना कर्मचारी खटिएको उनले बताए । 'निर्वाचनले २ साता ढिलाइ भयो,' उनले भने, '११ र १२ को ८ लाख ३३ हजार विद्यार्थीको नतिजा प्रकाशन गर्न विगतमा जति जनशक्ति थियो, अहिले पनि त्यति नै भएकाले थप समस्या परेको छ ।' नतिजा सार्वजनिक गर्न ढिलाइ भए पनि शैक्षिक क्यालेन्डर अनुसार नै वाषिर्क परीक्षामा कुनै असर नपर्ने उनले बताए ।

No comments:
Post a Comment