सभासद नविन्द्रराज जोशीले आफ्नो क्षेत्रको विकास निर्माण गरिदिन महानगरपालिकालाई आग्रह गरेका छन् ।
उनले बिहीबार महानगरको विकास निर्माण कार्ययोजना कार्यकारी अधिकृतलाई आफ्नो क्षेत्रको विकास निर्माणका लागि २५ वटा योजना समेटेको मागपत्र बुझाएका हुन् ।
काठमाडौंका प्रत्येक क्षेत्रमा कम्तीमा एउटा सार्वजनिक पुस्तकालय स्थापना गर्नुपर्ने सभासद जोशीको सुझाव छ । पहिलो चरणमा काठमाडौं क्षेत्र नम्बर ८ मा तत्काल काष्ठमण्डप एरियामा मोडेलका रूपमा यसको सुरुवात गर्न सकिने उनले बताए । प्रत्येक वडामा जनसंख्याको चाप हेरी कम्तीमा एउटा सामुदायिक हल आवश्यक रहेको पनि उनले औंल्याएका छन् ।
मासु व्यवसायीलाई नै संलग्न गरी वधशालाको उचित व्यवस्था गर्न पनि उनले माग गरेका छन् । महानगरले नगरका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य उपचार र वृद्धवृद्धाको क्लबको स्थापना गर्नुपर्ने उनले भनेका छन् । रत्नपार्क, शंखपार्क र भूगोलपार्कहरूलाई विकसित गर्नु जरुरी रहेको उनले बताए ।

No comments:
Post a Comment