मनीष मोदी जनकपुरका तन्नेरी । सुरज सापकोटा चितवनको अर्को ठिटो । दुवैलाई भेटाएको थियो, पुल्चोक इन्जिनियरिङ कलेजले । दुवै ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङका विद्यार्थी थिए, सन् २००७ तिर । त्यहाँबाट सुरु भएको उनीहरूको सहयात्राले आधा शतक ननाघ्दै विश्व भ्रमण गरिसकेको छ, एउटा प्रोडक्टमार्फत ।
फोटोलाई भिडियोमा रूपान्तरण गर्ने फेसबुक एप्स डेभलपबाट सुरु भएको यात्रा क्रममा उनीहरूलाई चिलीमा भएको एउटा प्रतिस्पर्धाले ४० हजार डलर (करिब ४० लाख रुपैयाँ) दिलाइसकेको छ । उनीहरूको कम्पनी क्यालिफोर्नियामा अमेरिकी कम्पनीहरूसँग प्रतिस्पर्धा गरिरहेको छ । उनीहरूले भर्खरै विकास गरेको त्यही एप्सको मोबाइल भर्सनका ७० प्रतिशत युजर अमेरिकी छन् ।
गुगल प्ले (स्टोर) मा सार्वजनिक गरेको एक महिना नबित्दै झन्डै ५० हजारपटक डाउनलोड भइसकेको छ । विश्वका ३० भन्दा बढी मुलुकका युजर यसका फ्यान रहेको डाउनलोड प्रवृत्तिले देखाएको छ । एकैछिन भेटौं यी दुई तन्नेरीलाई, जसले पिकोभिको एप्स विकास गरेर संसारका फोटोग्राफीप्रेमीलाई ठूलो गुन लगाए ।
मनीष र सुरज दुवै जीवनको २८ औं वर्षको यात्रा तय गरिरहेका छन् । इन्जिनियरिङ पढ्न होस्टलमै बस्दा उनीहरू अरूका लागि सफ्टवेयर डेभलप गर्थे । सन् २००९ मा पास आउट भएपछि मनीषको भेट वीरगन्जका मारवाडी समुदायका टपर अमित अग्रवालसँग उनीहरूको समुदायले गर्ने एउटा सम्मान कार्यक्रममा भएको थियो । मनीष आफंै जनकपुरको मारवाडी समुदायका टपर थिए ।
त्यसपछि अमित, मनीष र सुरजलगायतले मिलेर जानकी टेक्नोलोजी स्थापना गरे । त्यही जानकीले विकास गरेको स्प्यारो एसएमएसले अहिले धेरै कम्पनीलाई मोबाइलमा भ्यालु एडेड सर्भिस (भास) दिइरहेको छ । सन् २०१० को कुनै दिन सुरज फेसबुकमा अपलोड गरिएको साथीको तस्बिर हेर्दै थिए । 'एउटा फोटोबाट नेक्स्ट गर्दा फोटो खुल्न धेरै बेर लाग्ने,' उनले त्यो दिक्क लाग्दो दिन सम्भिmए ।
अझै त्यही परम्परा कायमै छ । 'त्यो देखेर एकै क्लिकमा सबै फोटो खुल्ने व्यवस्था गर्न सकिन्छ कि भनेर घोत्लिएँ,' उनले थपे । त्यतिखेर फेसबुकमा दैनिक १० औं लाख फोटो अपलोड हुन्थे । उनको घोत्लाईले सार्थक रूप लियो । उनले मनीषसँग मिलेर फेसबुकमै फोटोलाई सामान्य स्टिचिङ गरेर भिडियो बनाउन सक्ने एप्स विकास गरे ।
फेसबुक एप्स लोकपि्रयताको खुड्किलो चढ्दै गयो । केही गर्न चाहने व्यक्ति त्यतिमै कहाँ सन्तुष्ट हुन्छ र ? मनीषको भारतमा रहेका साथीले त्यहाँ एप्स विकासमा सघाउने धेरै सेमिनार हुने गरेको सुनाए । त्यसपछि उनीहरू लागे, भारतको चर्चित आइटी सहर बैंगलोरमा, सेमिनार एटेन्ड गर्न । 'त्यहाँ ४ महिना बस्दा धेरै कुरा सिक्यौं,' मनीष सम्झन्छन्, 'त्यसपछि हाम्रो बिजनेस मोडल शीर्ष दसभित्र छानियो ।'
सेमिनारको अन्तिम दिन बैंगलोरका धेरै इन्भेस्टरबीच प्रस्तुत गरेको डेमोमा उनीहरूले बिजनेस मोडल, अहिले रहेका युजर, ग्रोथ प्लान, कम्पिटेटरबारे ५ मिनट पिच गरे । त्यसबाट प्रभावित धेरै इन्भेस्टरले पिकोभिकोलाई थप डेभलप गर्न फन्डिङ गरे । 'हामीले त्यहीँ बसेर पिकोभिकोको वेब भर्सन सार्वजनिक गर्यौं,' सुरजले सुनाए, 'त्यसलाई धेरैले रुचाए ।'
वेब भर्सनबाट भ्रमण, आफन्तको विवाह, पार्टी लगायतका रमाइलापलको फोटोलाई भिडियो बनाएर फेसबुक, टि्वटरजस्ता साइटमार्फत साथीभाइलाई बाँड्न सकिन्छ । भिडियोलाई सीडीमा राखेर आफन्तलाई पठाउन सकिन्छ । फेसबुकको एल्बम बनाएर राखिएको होस् वा कम्प्युटरमा सेभ गरेर राखिएका तस्बिर हुन्, तिनलाई पृष्ठभूमिमा सुमधुर संगीत राखेर भिडियो बनाउन सकिन्छ ।
कस्तो प्रकारको भिडियो बनाउने भन्ने तथ्य व्यक्तिको छनोटमा भर पर्छ । पिकोभिको डटकममा गएर आफूलाई मन लागेको भिडियोको टेम्प्लेट छान्न सकिन्छ । फोटोलाई भिडियो बनाउनुअघि पिकोभिको डटकममा आफूलाई रजिस्टर्ड गर्नुपर्छ । आफ्नो फेसबुक एकाउन्टबाट समेत रजिस्टर्ड गर्न सकिन्छ । त्यसपछि भिडियो स्टाइल, फोटो, म्युजिक छनोट र भिडियोको नामकरण गर्न सकिनेछ ।
बनिसकेको भिडियोलाई फेसबुक या यु-ट्युब कुन फर्मेटमा राख्ने हो, छनोटको सुविधा छ । पिकोभिकोबाट १ मिनेटमै भिडियो बनाउन सकिने मनीष बताउँछन् । उनीहरूलाई राम्राे प्रचार दिलाउने प्लेटर्फम बन्यो 'स्टार्ट अप चिली' । चिली सरकारले स्ट्यान्फोर्ड युनिभर्सिटीसँग मिलेर विश्वभरबाट यस कार्यक्रमका लागि आवेदन मागेको थियो ।
त्यसमा जानकीका यी दुई तन्नेरीले आफ्नो प्रोडक्ट सहभागी गराउन अनलाइन आवेदन गरे । अधिकांश अमेरिकी, त्यसपछि ल्याटिन अमेरिकी र युरोपेली १ हजार ६ सय कम्पनीका आवेदनमध्ये टप १०० छानियो जानकीको पिकोभिको । त्यही छनोटले उनीहरूलाई ४० हजार अमेरिकी डलर पुरस्कार दिलायो ।
त्यहाँ उनीहरूले स्टार्ट अप चिलीको अघिल्लो ब्याचका १ सय र पछिल्लो ब्याचका १ सय गरेर ३ सय एकसे एक इनोभेटिभ आइडिया भएका कम्पनीका प्रतिनिधिसँग अन्तरक्रिया गर्ने अवसर पाए । त्यही प्लेटर्फमलाई नेटवर्कका रूपमा विकास गरेर उनीहरूले विश्वभर आफ्नो उपस्थिति जनाएका छन् । ख्याति कमाउँदै गएपछि उनीहरूले अमेरिकामै पिकोभिको कम्पनी स्थापना गरे ।
'अमेरिकीले बाहिरका कम्पनीलाई पत्याउँदैनन्,' मनीषले त्यहाँ जानुपर्नाको बाध्यता सुनाए, 'त्यसैले हामीले त्यहीँ कम्पनी स्थापना गर्यौं ।' त्यहाँ कम्पनी चलाउन धेरै खर्च हुन्छ । त्यसैले उनीहरूले डेभलपमेन्टको काम नेपालमा गर्ने र मार्केटिङ अमेरिकामा गर्ने गर्दै आएका छन् । अमेरिका बसाइमा उनीहरूले देखे, त्यहाँका मानिस अधिकांश आफ्नो समय मोबाइलमै बिताउँछन् ।
'काम गर्ने बेलामात्र उनीहरू कम्प्युटरमा बस्छन्, सुरजले सुनाए, 'अरू बेला मोबाइलमै हराउँछन् ।' त्यही देखेर उनीहरू पिकोभिकोको मोबाइल एप्स डेभलपमेन्टमा लागे । उनीहरूको एन्ड्रोइड एप्स स्टोरमा बेटा भर्सनमै छ । तैपनि डाउनलोड गर्नेहरू बढिरहेका छन् । अहिल्यै उनीहरूको युजर संख्या १ लाख २० हजार नाघिसकेको छ । वेबका ७० हजार युजर छन् ।
वेबसाइटमा पिकोभिकोबाट ५ लाखभन्दा बढी भिडियो बनाइएका छन् । तिनमा ७५ लाखभन्दा बढी अपडोड गरिएको छ । उनीहरू आगामी ३ महिनामै १० लाख युजर पुग्ने दृढ विश्वासमा छन् । 'त्यसपछि हाम्रो कम्पनीको मूल्यांकन १ करोड डलर -करिब १ अर्ब रुपैयाँ) पुग्नेछ,' मनीष आत्मविश्वास देखाउँछन्, 'त्यतिखेर हाम्रो कम्पनीमा लगानी गर्नेहरूको ताँती लाग्नेछ ।'
उनको दृढतालाई विश्वसनीय बनाएको छ, पिकोभिको सगरमाथाजस्तै उकालो लागेको लोकपि्रयताले । उनीहरू यतिमै सीमित छैनन् । हुन चाहँदैनन् । आगामी २ वर्षभित्र कम्पनीलाई विश्वको चर्चित अमेरिकी आईटी सिटी सिलिकन भ्यालीमा स्थापित गर्ने उनीहरूको लक्ष्य छ । अगि्रम शुभकामना यी नेपाली तन्नेरीहरूलाई ।

No comments:
Post a Comment