शब्दभन्दा शक्तिशाली इमोसनहरू लोकपि्रय मात्रै छैनन्, यिनले बोक्ने अर्थ शब्दभन्दा प्रभावकारी छन् । - मिथला दर्सन !
Headlines News :
Home » » शब्दभन्दा शक्तिशाली इमोसनहरू लोकपि्रय मात्रै छैनन्, यिनले बोक्ने अर्थ शब्दभन्दा प्रभावकारी छन् ।

शब्दभन्दा शक्तिशाली इमोसनहरू लोकपि्रय मात्रै छैनन्, यिनले बोक्ने अर्थ शब्दभन्दा प्रभावकारी छन् ।

Written By Unknown on Thursday, 9 January 2014 | 23:45

कसैले मन नपर्ने कुरा गर्दा नाक खुम्च्याउने । खुसी हुँदा मुस्कुराउने मानवीय स्वभाव हो । हामी अवस्थाअनुसार फिस्स हाँस्ने, ङच्चि दाँत देखाउने, मुस्कुराउने, आँखा झिम्क्याउने, गाला तन्काउने पनि गरिरहन्छौं । यस्तै मानवीय संवेगलाई 'कपी' गर्ने गरी बनाइएको 'इमोसन' र 'स्टिकर' अहिले भर्चुअल दुनियाँमा भावना व्यक्त गर्ने माध्यम बन्दैछन् ।

कसैलाई रिसाएको छु भन्नु परोस् वा खुसाएको जनाउ दिनु परोस् त्यसका लागि सर्टकर्ट की प्रचलित छन् । आफ्नो भावना अरूलाई बुझाउन धेरै शब्द लेखिरहनु पर्दैन यसका लागि तयार छन् ः इमोसन । यस्ता इमोसनको प्रयोगमा खप्पिस छन् पछिल्लो पुस्ता । मिल्नेजतिको इमोसन र स्टिकर प्रयोग गर्दै उनीहरू आफ्नो भावना व्यक्त गरिरहेका छन् ।

अनलाइनमा प्रयोग हुने यस्ता इमोसनल भर्चुअल दुनियाँसँग मात्रै जोडिएको छैन, यसले मानिसको मानसिक अवस्थाको पनि प्रतिनिधित्व गरिरहेको हुन्छ । सन् १९६२ मा तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको भाषण छाप्दा न्युयोर्क टाइम्स पत्रिकामा मुख खुम्च्याएझैं देखिने 'सिम्बोल' -स०) छापिएको थियो ।

त्यो पत्रिकाले छापेको उक्त आकृति कुनै अर्थ दिने गरी नै छापेको हो भनेर पाठकहरूले तर्क गरेको भए पनि त्यो झुक्किएर छापिएको थियो । आजकाल त्यस्तै आकृतिले व्यक्त गर्ने अर्थ शब्दभन्दा शक्तिशाली छ । न्युयोर्क टाइम्समा झुक्किएर त्यस्तो आकृति छापिएको एक वर्षपछि अमेरिकी चित्रकार हार्भे बलले एउटा जीवन बीमा कम्पनीका लागि बनाएको स्माइली फेसको चिह्न अहिले 'इन्टरनेसन आइकन' छ ।

खुसी, हाँसो र मित्रता व्यक्त गर्न यसको प्रयोग हुन्छ । उनैको सम्मानमा प्रत्येक अक्टोबर महिनाको पहिलो शुक्रबार विश्वभर स्माइली डे मनाइन्छ । चित्रकारको जागिरेका रूपमा उनले बनाएको एउटा चित्र अहिले भावना साट्ने संकेत बनेको छ । त्यही स्माइलीलाई आधार मानेर बनाइएका थरीथरीका इमोसनले अहिले मानवीय समवेदना र संवेग बोक्ने जिम्मा पाएका छन् ।

सुरुमा इमोसनको आकृति मात्रै हुन्थ्यो भने अहिले चित्रझैं चिटिक्क देखिने इमोसनले यसप्रतिको आकर्षण बढाएको छ । अहिले फेसबुकको स्टाटस, टि्वटरमा टि्वट वा औपचारिक इमेल यस्तै इमोसनकोे प्रभाव छ । च्याट गर्दा शब्द लेख्नभन्दा यस्तै इमोसनको संकेत हाल्नु सजिलो हुँदै गएको छ ।

हार्वार्ड युनिभर्सिटीमा साइकोलोजी पढेका फेसबुकमा मालिक मार्क जुगरवर्क मानवीय संवेदना जान्नमा एक कदम अगाडि हुने भई नै हाले । प्रयोगकर्ताको रुचि चाँडै बुझेका उनले एक वर्षअघि नै स्टाटस लेख्दा इमोसनको अप्सन छान्न मिल्ने सुविधा दिइसकेका छन् । जिमेलले पनि आफ्नो च्याटमा थरीथरीका इमोसनको अप्सन राखिदिएको छ ।

अहिले च्याटका सुविधा भएका हरेक सोसल साइट हुन् वा एप्स इमोसन र स्टिकरको अप्सन अनिवार्यझैं छ । मोबाइलको किबोर्ड थिचिथिची सुख, दुःख, हाँसो, असन्तुष्टि लेख्नुभन्दा इमोसनको सर्टकट की थिच्न सजिलो भएको छ । फेसबुकमा अहिले मानवीय संवेदनाका विभिन्न अवस्था दर्शाउन मिल्ने ४० थरीका इमोसन छानेर राख्ने सुविधा छ ।

इमोसनबिनाको लेखाइ र रिप्लाइ बानेश्वरका नीरज थापालाई निरस टाइपको लाग्छ । 'जे लेखेको त्यस्तै खालको इमोसन राखिदियो भने भन्न खोजेको कुरा अलि प्रस्ट हुन्छ,' उनी भन्छन्, 'इमोसन राख्दा स्टाटस नै गज्जब देखिन्छ ।' उनी च्याटमा कसैले मन पर्ने कुरा गर्दा अंग्रेजी अक्षर वाई लेखेर ब्राकेटमा बन्द गर्छन् ।

तुरुन्तै च्याटबक्समा चार औंला बटारेर बूढीऔंला ठडिएको चित्र देखिन्छ ः लाइक्स । हाँसो, खुसी, रिस, माया, अचम्म व्यक्त गर्ने दुई दर्जनभन्दा बढी इमोसनको सर्टकर्ट की उनलाई कण्ठै छ । नयाँ-नयाँ इमोसनको प्रयोग गर्दा उनलाई मज्जा आउँछ रे । ब्याचलर लेभलमा पढ्ने अजिता पनि आफूलाई इमोसनको प्रयोगमा खप्पिस नै मान्छिन् । उनी आफ्ना साथीहरूको राम्रा फोटोमा कमेन्ट गर्दा लभको इमोसन राख्न भुल्दिनन् । उनी आफ्नो कमेन्टको अगाडि नै स्माइली राख्न रुचाउँछिन् ।

अनि कमेन्टको अन्त्य पनि त्यस्तै इमोसनले टुंगिन्छ । जस्तो खालको कमेन्ट, स्टेटस वा लेखाइ होस् त्यसैअनुसारको इमोसन प्रयोग गर्नु उनी मज्जा मान्छिन् । अनलाइन च्याट बक्स होस् वा टाइमलाइन । स्टाटस र टि्वटसँगै इमोसन र स्टिकर जोडिएको छ । हरेक रिप्लाइमा विभिन्न भावभंगीका चिह्नले च्याटबक्स रंगीन बनेको छ । इमोसनमध्ये स्माइली र स्याड सबैभन्दा बढी प्रचलित छन् ।

फेसबुकले यो वर्ष सार्वजनिक गरेको आफ्नो वाषिर्क रिपोर्टमा उत्तर र दक्षिण अमेरिकी, अस्टे्रलियन, अमेरिकी, साउदी अरेबियन र बेलायती नागरिकले आफ्नो साइटमा धेरै थरीका इमोसन प्रयोग गर्ने गरेको तथ्य सार्वजनिक गरेको थियो । उसले अमेरिकी र अस्ट्रेलियन नागरिकपछि भारतीय र ब्राजिली नागरिकले अनलाइनमा बढी दुःखको संकेत प्रयोग गर्ने गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

फेसबुकमा सबैभन्दा बढी प्रेमको संकेत प्रयोग गर्ने रसियालाई उसले सबैभन्दा सुखी भनेको छ । 'भर्चुअल दुनियाँमा प्रयोग भएका इमोसनले वास्तविक जीवनसँग सम्बन्धित राख्छ,' फेसबुकले भनेको छ, 'सम्बन्धमा आएका चुनौतीहरू अनलाइनमा वा अफलाइनमा कहीँ पनि लुकाउन सकिन्न ।' 
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger