बितेका केही वर्षयता जीवनमा थपिएको नयाँ के हो ? उत्तर धेरैका धेरै थरी होलान् । तर एउटा तथ्य भने सबैको समान हुनेछ, फेसबुक ! हो, पछिल्लो समयमा फेसबुक जीवनशैलीको एउटा अभिन्न अंग मात्रै भएको छैन, यो एउटा नगरेर नहुने बानीजस्तो समेत भएको छ । त्यसै भन्छन्, युवा समाजशास्त्री प्रकाश आचार्य ।
'पाकाहरूमा पनि फेसबुक चलाउने बानी त लागेको छ नै,' भर्खरै कलेजेरियनहरूको फेसबुक प्रयोगबारे अनुसन्धान गरेका उनी भन्छन्, 'तन्नेरीहरूमा चाहिँ यो एक नशा नै जस्तो भएको छ ।' उनको अनुसन्धानले भन्छ, युवा पुस्ता सरदर दिनको दुई घन्टा फेसबुकमा बिताउँछ ।
फेसबुकमा स्टाटसहरू अपडेट नगरे जीवनमा केही नपुगेको, केही खल्लोपनले छोएको ठान्छन् युवाहरू । राजधानीका ६ कलेजहरूमा एक सय विद्यार्थीमाझ सर्वेक्षण गरेका आचार्यले के पाए भने, फेसबुकलाई युवा पुस्ताले आफ्नो सुख दुःख बाँड्ने ठाउँ बनाएका छन् ।
'नतिजामा तलमाथि नहोस् भनेर मैले आधा सरकारी क्याम्पसमा र आधा निजी कलेजमा स्याम्प्लिङ गरें,' प्रकाशले अनुभव सुनाए, 'तर निजी होस् कि सरकारी, सबै कलेजका विद्यार्थीमा फेसबुकको नशा उस्तै देखियो ।' सर्वेक्षणमा सहभागीमध्ये १५ ले आधा घन्टा, ३० ले १ घन्टा, २५ ले दुई घन्टा, ९ ले ३ घन्टा र ७ ले चार घन्टा फेसबुक चलाएरै बिताउने गरेको खुलासा गरेका छन् ।
त्यसमा पनि २० देखि २४ वर्ष उमेर समूहकाले फेसबुकमा बढी समय बिताउँछन् भन्छ आचार्यको अनुसन्धानले । नेपालमा फेसबुकको कुल प्रयोगमध्ये ६२ प्रतिशत यही उमेर समूहमा पर्छ । त्यसमध्ये महिलाको प्रतिशत ४० छ भने पुरुषको ६० । फेसबुकको कुल प्रयोगकर्तामा दोस्रो ठूलो उमेर समूहमा पर्छन् १५ देखि १९ वर्षका तन्नेरी ।
फेसबुकमा उनीहरूको हिस्सेदारी ३३ प्रतिशत छ । फेसबुकको पनि चुरोटको जस्तै तल्तल् लागेर आउने गरेको तथ्य खुलेपछि आचार्य स्वयं चकित परे । 'काम गर्ने र पढ्ने उर्वर समयमा हरेक युवाले दिनको दुई घन्टा फेसबुकमा झुन्डिएर बिताएपछि त्यसको क्षति ठूलै हुन्छ,' उनको विश्लेषण छ, 'दुःखको कुरा के भने यसको असर एउटा व्यक्तिमा मात्रै नभएर सिंगै समाज र पुस्तौं पुस्तामा देखिने खतरा ज्यादै छ ।'
कतिपय कम्पनीहरूले फेसबुकमा कर्मचारीहरू ज्यादै झुन्डिनाले कार्यक्षमतामै ठूलो गिरावट आएको भन्दै यसको प्रयोगमा प्रतिबन्ध लगाएको समाचार पनि हामीले सुन्दै आएको हो । आचार्य ती कम्पनीका त्यस्ता निर्णय पनि फेसबुकको नशाबाट कर्मचारीलाई मुक्त राख्नै भएको हो भन्ने समाजशास्त्रीय विश्लेषण गर्छन् ।
'युवाहरूलाई पनि फेसबुकको नशाबाट मुक्त राखेर तिनको ऊर्जा कुनै उत्पादनशील दिशामा वा कुनै रचनात्मक काममा लगाउने उपायहरू खोज्नु जरुरी भइसकेको छ,' उनी भन्छन्, 'फेसबुक चलाउँदै नचलाउनु भन्ने मेरो आशय होइन, तर अतिचाहिँ चलाउनबाट जोगाउनुपर्यो ।'
सर्वेक्षणमा सहभागी धेरैले मोबाइलबाटै फेसबुक चलाउने गरेको बताए । फेसबुक किन चलाउनु हुन्छ त ? सहभागीलाई गरिएका दर्जनौं प्रश्नमध्ये यो पनि एउटा थियो । अधिकांशले रमाइलाका लागि भन्ने उत्तर दिए । एक तिहाइले चाहिँ यसलाई प्रेम गर्नका लागि प्रयोग गर्ने पनि बताए ।
'फेसबुक एउटा प्रेम गर्ने माध्यम पनि बनिसकेको रहेछ तन्नेरी माझ' प्रकाश भन्छन्, '११ प्रतिशतको बनेको सम्बन्ध बिग्रेको र १० प्रतिशतको बिग्रेको सम्बन्ध बनेको रहेछ फेसबुककै कारण ।' प्रेममा परेका र विवाहितहरूको जीवनमा फेसबुकले झगडा ल्याउने गरेको देखिएको छ ।
विपरीत लिंगीसँगको च्याट, तिनको वा तिनबाट स्टाटसमा गरिएको कमेन्ट वा लाइक्सले सम्बन्धमा ज्यादै छिटो र गम्भीर खटपट आउने गरेको उनको अनुसन्धान अनुभवले भन्छ । 'कतिको चाहिँ फेसबुकबाटै प्रेमको यात्रा सुरु पनि भएको छ,' आचार्य भन्छन्, 'नचिनेकालाई फ्रेन्ड रिक्वेस्ट पठाउने, केही दिनसम्म च्याट गर्ने र अन्ततः भेटघाट सुरु गर्ने चलन तन्नेरीहरूमा व्यापकै रहेछ ।'
सम्बन्धमा धाँजा परेपछि केहीले फेसबुक चलाउनै पनि बन्द गरेका छन् । ब्याचलर्सका विद्यार्थीले अविवाहित र विपरीत लिंगीलाई फेसबुकमा साथी बनाउन रुचाउने उत्तर दिए । उनीहरू च्याटसमेत पनि विवाह नगरेकासँग गर्ने गरेको देखियो । उनको अध्ययनले भन्छ, पुरुषले महिलाभन्दा बढी समय फेसबुकमा बिताउने गर्छन् ।
'फेसबुकले जीवनमा कस्तो प्रभाव पारेको छ ?' सर्वेक्षणमा सहभागीलाई सोधिएको मध्ये यो अर्काे प्रश्न थियो । आधाले यसको प्रभाव आफ्नो जीवनमा नराम्रो परेको बताए । 'फेसबुकले गर्दा बिनाकारण समय र पैसा बर्बाद भइरहेको छ भन्ने धेरै युवालाई परेको रहेछ,' आचार्य भन्छन्, 'तर नचलाई बस्न भने नसक्ने अवस्थामा उनीहरू छन् ।'
सर्वेक्षणमा सहभागीमध्ये १०.४६ प्रतिशतले यौनिक विषयमा कुरा गर्न फेसबुकको प्रयोग गर्ने गरेको बताए । यसरी यौनका विषयमा कुरा गर्न चाहनेहरूमा महिलाको प्रतिशतचाहिँ निकै कम छ, ११ प्रतिशत । ८३ प्रतिशत पुरुषले अविवाहित महिलासँग फेसबुकमा कुराकानी गर्न रुचाएको बताए । फेसबुक समय कटाउने उपयुक्त तरिका भएको धेरैले बताए ।
कतिले यसलाई एक्लो हुँदाको साथी सम्झेका छन् । फेसबुक बन्द भए खुबै दुःख लाग्ने उत्तर धेरैले दिए । फेसबुक च्याट गर्ने ठाउँ त हुँदै हो, भिडियो र तस्बिरहरू सँगालेर राख्ने एउटा एल्बम पनि भएको छ । फेसबुकले कतिपय अपराधहरू पनि भएका छन् । फेक आईडी बनाएर, रिस उठेको मान्छेको तस्बिर म्यानुपुलेट गरी नांगो बनाएर पोस्ट गर्ने घटनाहरू पनि बढेका छन् ।
सर्वेक्षणमा सहभागी ४७ प्रतिशत युवतीहरूले फेसबुकमा कुनै न कुनै तरिकाबाट कुनै न कुनै समय अश्लील र भद्दा टिप्पणीहरू सहनुपरेको अनुभव गरेका छन् । केही अघि कलंकीमा फेसबुकबाटै बनेको एक साथीलाई भेट्न जाँदा युवतीमाथि बलात्कारसमेत भएको थियो । 'फेसबुकले विस्तारै साइबर क्राइम मात्रै होइन, जघन्य अपराध पनि निम्त्याउँदैछ,' आचार्य भन्छन्, 'यसको गलत प्रयोग र यसबाट हुन सक्ने खतराप्रति युवा पुस्ता सचेत हुनै पर्छ ।'
फेसबुकबाट केही रमाइला र रचनात्मक काम पनि हुने गरेका छन् । 'कति ठाउँमा हराएको मान्छे फेला पार्न फेसबुकले सघाएको देखियो, धेरैले पुराना साथीहरूलाई एकै क्लिकमा फेला पार्न र सम्पर्कमा रहन पनि फेसबुकले रामवाणको काम गरेको अनुभव आनन्दका साथ सुनाए,' आचार्य भन्छन्, 'सामाजिक काममा चन्दा उठाउन, गलत प्रवृत्तिको उछितो काढ्न र आफ्ना विचारहरू अरूका माझ पुर्याउन पनि फेसबुकका वालहरू बहुत सहयोगी भएका छन् ।'
राम्रो हिसाबको प्रयोग बढाउने र नराम्रो ढंगले उपयोग गर्दै नगर्ने, फुर्सदका बेलामा मात्रै यसको प्रयोग गर्ने, नशाजस्तो अनुभवबाट मुक्त हुने, नचिनेको मान्छेलाई साथी बनाउने वा भेट्न जाने काम बन्द गर्नेजस्ता दर्जनभन्दा बढी उपाय पनि आचार्यको अनुसन्धानले तन्नेरीहरूलाई सुझाएको छ ।

No comments:
Post a Comment