नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले संविधानसभाको पहिलो बैठक मन्त्रिपरिषदको बैठकले तय गरेर राष्ट्रसमक्ष पठाए उत्तम हुने बताएका छन् । संविधानसभा बैठक बोलाउन अन्तरिम संविधानसमेत संशोधन गरिरहनु नपर्ने नेता खड्काको तर्क छ ।
‘अहिलेकै अन्तरिम संविधानअनुसार मन्त्रिपरिषद्ले निर्णय गरेर संविधानसभाको बैठक आह्वानका लागि मिति र समय निर्धारण गरेर राष्ट्रपतिकोमा पुर्याउने र राष्ट्रपतिले आह्वान गरेको भए यसमा संविधानसँग बाझिने वा अन्यथा हुने थिएन,’ कांग्रेस नेता खड्काले अनलाइनखबरसँग कुरा गर्दै भने, ‘सरकारले मिति र समय तोकेर राष्ट्रपतिकोमा पठाएको भए अल्झनुपर्ने विषय नै थिएन । अन्तरिम संविधान संशोधन नगरी नै यसो गर्न सकिन्छ । तर, अनावश्यक विवादसँगै अदालतमा पुग्यो ।’
राष्ट्रपतिको मुद्दा पनि संसदबाटै
कांग्रेस नेता खड्काले राष्ट्रपतिको नयाँ नर्विाचन गर्ने या नगर्ने भन्ने विषयमा संसदभित्रै छलफल गरिनुपर्ने बताएका छन् । संसद बाहिर यसबारे बहस गरेर बैठकै अन्योलमा परेका बेला बाहिर विवाद गर्नु हतारो हुने उनको तर्क छ ।
‘अहिले को राष्ट्रपति हुने, को प्रधानमन्त्री हुने भन्ने जस्ता सत्ताको छिनाझम्टी हुनु सर्वथा गलत कुरा हो । हामीले फेरि चार वर्षको गल्ती दोहोर्याउँदैछौं । यो नेपाली जनतालाई स्वीकार्य हुँदैन,’ खड्काले भने, हामीले सबै कुरालाई थान्को राखेर संविधानसभाको बैठक चाँडै गरौं । संविधानसभाको बैठक प्रारम्भ भएपछि जे जे विषय छन संविधानसभामार्फत नै सबै एजेण्डाको निकास दिनुपर्छ ।’
पार्टीमा गुट, उपगुट हुनु स्वाभाविक
कांग्रेस नेता खड्काले पार्टीभित्र गुट उपगुट हुनु स्वाभाविक भएको बताउँदै गुटविनाको पार्टीको कल्पना गर्नु अप्राकृतिक हुने दाबी गरे । उनले भने, ‘पार्टीहरुभित्र समूह हुनुलाई शास्वत भन्ठान्छु । पार्टीभित्र गुटहरु हुने कुरा, गुट पार्टी बर्बाद गर्यो भनेर भनेँ भने मैले आफूले आफैंलाई नै ढाँट्नु बराबर हुन्छ ।’

यो पनि पढ्नोस्ः
No comments:
Post a Comment