चितवनको मंगलपुरमा गैंडाको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । मंगलपुर–८ निवासी ४५ वर्षीय बुद्धिमान थापाको गैंडाले हानेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार जङ्गलमा घाँस काट्न गएका बेला बिहीबार अपराह्न थापालाई गैंडाले आक्रमण गरेको थियो ।
गम्भीर अवस्थामा फेला परेका उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा विहिवार साँझ मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । उनको लाश परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
मंगलपुरमा रहेको सामुदायिक वनमा गैँडा र बाघको बासस्थान बढ्दै गएको छ । जसका कारण गएको वर्ष पनि यहाँ वन्यजन्तुले एकजनाको ज्यान लिएको थियो । जंगली जनावारको आक्रमणबाट पटकपटक यहाँका बासिन्दा घाइते भइरहेका छन् ।
पछिल्लो समयमा वन्यजन्तुहरू आहारा र बासस्थानको खोजीमा निकुञ्जबाट सामुदायिक वनतर्फ जान थालेपछि मानिसमाथि आक्रमण बढेको हो । रासस

No comments:
Post a Comment