जेष्ठ सभासद् थापाद्वारा सपथ ग्रहण - मिथला दर्सन !
Headlines News :
Home » » जेष्ठ सभासद् थापाद्वारा सपथ ग्रहण

जेष्ठ सभासद् थापाद्वारा सपथ ग्रहण

Written By Unknown on Sunday 19 January 2014 | 23:14

Surya-bahadur-sapat६ माघ, काठमाण्डौ । राप्रपा अध्यक्ष सूर्यवहादुर थापाले जेष्ठ सभासदको हैसियतमा राष्ट्रपति डा. रामबरण यादवसंग पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

सोमवार विहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकावीच थापाले जेष्ठ सभासदको हैसियतामा राष्ट्रपति यादवसंग सपथ ग्रहण गरेका हुन् । थापाले सपथ ग्रहण गरेसंगै संबिधानसभाको प्रक्रिया औपचारिक रुपमा सुरु भएको छ ।

राष्ट्रपति यादवले जेष्ठ सभासद थापालाई सपथ खुवाएपछि औपचारिक रुपमा संविधानसभाको प्रक्रिया सुरु भएको हो ।

जेष्ठ सभासद थापाले मंगलवार विहान ११ बजे संविधानसभाका अन्य सभासदहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सभासद्हरुलाई संविधानसभाका जेष्ठ सदस्यले सपथ ग्रहण गराउने चलन छ ।

भोलि माघ ७ गते थापाले अन्य सभासदहरुलाई सपथ खुवाएपछि ८ गते संविधानसभाको पहिलो बैठक बस्नेछ ।

Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger