मोटरबाटो विस्तार हुँदा विमान चलाउनेको बिजोग ! विमान सञ्चालक भन्छन्– अब बाढी पहिरो कुर्नुपर्ने भो - मिथला दर्सन !
Headlines News :
Home » » मोटरबाटो विस्तार हुँदा विमान चलाउनेको बिजोग ! विमान सञ्चालक भन्छन्– अब बाढी पहिरो कुर्नुपर्ने भो

मोटरबाटो विस्तार हुँदा विमान चलाउनेको बिजोग ! विमान सञ्चालक भन्छन्– अब बाढी पहिरो कुर्नुपर्ने भो

Written By Unknown on Thursday, 9 January 2014 | 23:39


६ पुस, काठमाडौं । देशमा सडकको विस्तार हुँदा सबैले फाइदा र सहजताको महसुस गरे पनि विमानमार्फत् सामान ओसार–पसार गर्ने कार्गो ढुवानीकर्ताहरुले भने जहाज डुब्न थालेको महसुस गर्न थालेका छन् । सडक विस्तारकै कारण केही विमान कम्पनीहरु कार्गो सेवा छाडेर यात्रु ओसार्ने पेशातिर लाग्ने भएका छन् ।

देशका भइरहेको सडक विस्तारसँगै आन्तरिक विमान कम्पनीहरुको कारोबार घटेको छ । सन् २०१३ को दश महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कार्गो ढुवानी १२ प्रतिशतले घटेको हो । विमानमार्फत् ढुवानी हुने जिल्लाहरुमा सडक विस्तार भएपछि उनीहरुको व्यापार घटेको हो ।
सन् २०१३ को दश महिना अवधिमा २३ लाख ८९ हजार ९४ किलो कार्गो विभिन्न जिल्लामा ढुवानी भएको छ । जबकि अघिल्लो वर्षको सोही अवधिमा २६ लाख ९३ हजार ३ सय ५७ किलो ढुवानी भएको थियो । यस अवधिमा १९ लाख ८२ हजार १ सय ४१ किलो कार्गो काठमाडौंबाट विभिन्न जिल्लामा पठाइएको थियो भने ४ लाख ६ हजार ९ सय ५३ किलो कार्गो काठमाडौं भित्रिएको थियो ।
अघिल्लो वर्षको दश महिनामा काठमाडौंबाट २२ लाख ३८ हजार ३ सय ५७ किलो कार्गो बाहिर गएको थियो भने ४ लाख  ५५ हजार किलो कार्गो काठमाडौं भित्रिएको थियो ।
वायुसेवा संचालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्य पछिल्लो समयमा सडक यातायातले धेरै जिल्लाहरु जोडिएपछि कार्गो ढुवानी घट्दै गएको बताउँछन् । सडक सञ्जालमा जोडिएका जिल्लाहरुमा बाढी पहिरो आउँदा र आपत विपत पर्दा मात्र कार्गो ढुवानी हुने गरेको उनको भनाइ छ ।
सामानको साटो मान्छे ओसार्ने तरखर
मध्य तथा सुदूरपश्चिममा सिंगल इञ्जिन जहाजमार्फत् कार्गो ढुवानी गर्दै आएको गोमा एयरले पनि पछिल्लो समय कार्गो ढुवानी खस्किँदै गएको बताएको छ । विकट जिल्लाहरु समेत सडक सञ्जालमा जोडिन पुगेपछि आफ्नो कारोबार घटेको गोमा एयरका प्रवन्ध निर्देशक मनोज कार्कीले बताए ।
कार्गो ढुवानी घटेपछि गोमा एयरले प्यासेन्जर बेसका जहाज खरिद गर्न लागेको छ । कार्गो ढुवानी गर्न अब बाढी पहिरो कुर्नुपर्ने भएपछि यात्रुवाहक जहाज ल्याउन लागेको कार्कीले बताए । “पूर्व र पश्चिममा उडान भर्ने उद्देश्यका साथ १९ सिटे दुईवटा यात्रुवाहक जहाज खरिद गर्दैछौं” उनले भने ।
स्रोतका अनुसार हाल ७३ जिल्लामा सडक पुगिसकेको र अधिकांश ढुवानी सडक सवारीमार्फत् हुन थालेको छ ।

हजुरको प्रतिकृया


कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: Comments containing abusive words or slander shall not be published.
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger