आईफोन-६ देखि ग्यालेक्सी एस-५ सम्म - मिथला दर्सन !
Headlines News :
Home » » आईफोन-६ देखि ग्यालेक्सी एस-५ सम्म

आईफोन-६ देखि ग्यालेक्सी एस-५ सम्म

Written By Unknown on Sunday, 5 January 2014 | 01:37



ग्याजेट्सका ठूला कम्पनीहरू सन् २०१४ मा विशेष उत्पादनका साथ प्रस्तुत हुने तयारीमा छन्। एप्पल, सामसुङ, सोनीलगायत सबैजसो ब्रान्डले स्मार्टफोन सार्वजनिक गर्ने जनाउ दिइसकेका छन्। वर्षको प्रारम्भसँगै हुने कन्जुमर इलेक्ट्रोनिक शोमा उनीहरू नयाँ उत्पादनसहित उपस्थित हुने अपेक्षा गरिएको छ।

वर्ष २०१४ मा पनि एप्पल र सामसुङवीच कडा टक्कर हुने देखिएको छ। सामसुङले आफ्नो ग्यालेक्सी सिरिजअन्तर्गत एस-५ र नोट-४ सार्वजनिक गर्दैछ । यता एप्पलले भने आइफोन-६ बजारमा उतार्दैछ। सामसुङ स्मार्टफोन विगतमा जस्तो प्लास्टिकको नभै मेटलको हुनेछ। ग्यालेक्सी एस-५ मा ६४ बिटको प्रोसेसर हुनेछ। एप्पल आइफोन-५ एसमा पनि ६४ बिट आर्किटेक्चरयुक्त प्रोसेसर लगाइएको छ। ग्यालेक्सी एस-५ मा १६ मेगापिक्सलको क्यामेरा हुनेछ। अप्टिकल इमेज स्टेबिलाइजेसन प्रविधियुक्त उक्त सेटले तस्बिरको गुणस्तरलाई थप बढाउनेछ। सेटमा एन्ड्रोइडको पछिल्लो भर्सन हुनेछ। यसमा ३ वा ४ जिबीको र्‍याम हुनसक्छ।

ग्यालेक्सी नोट-३ को लोकप्रियतापछि सामसुङले ग्यालेक्सी-४ सार्वजनिक गर्न लागेको हो। अक्टाकोर प्रोसेसरमा काम गर्ने ग्यालेक्सी फोरमा १६ मेगापिक्सेलको क्यामेरा रहनेछ। वर्ष २०१४ मा एप्पलले आईओएस ८ सार्वजनिक गर्ने संभावना छ। एप्पलको आइफोन-६ मा यही अपरेटिङ सिस्टम राखिने बताइन्छ। वर्ष २०१३ मा एप्पलले कब्र्ड डिस्प्लेयुक्त फोनको प्याटेन्ट दर्ता गराएको थियो। यसबाट के पनि अन्दाज गरिएको छ भने एप्पलले वर्ष २०१४ मा विशेष धमाका मच्चाउनेछ।

वर्ष २०१३ मा सोनीको एक्सपेरिया जेड-१ पनि बजारमा छाप छोड्न सफल भयो। यससँगै वर्ष २०१४ मा सोनीले जेड-२ अवतार सार्वजनिक गर्ने चर्चा चलेको छ। जेड-१ मा झैं यसमा पनि गुणस्तरीय क्यामेरा हुनेछ। जेड-१ म्ाा २० दशमलव ७ मेगापिक्सलको क्यामेराका साथमा अलग्गै एउटा लेन्स पनि थियो। क्यामेरा क्वालिटीको दृष्टिकोणले लुमिया १०२० पछि वर्ष २०१३ को सबैभन्दा राम्रो क्यामेरायुक्त स्मार्टफोन एक्सपिरिया जेड-१ लाई लिन सकिन्छ। जेड-२ मा यी सुविधाहरू थप परिमार्जित भएर आउने अपेक्षा छ।

 एचटिसीले एम-८ मोडलको स्मार्टफोन बजारमा उतार्ने बताएको छ। यसमा ५ इन्चको फुल एचडी स्त्रिmन हुनेछ। यसले एन्ड्रोइड ४ दशमलव ४ किटक्याट अपरेटिङ सिस्टममा काम गर्नेछ। एचटीसीको एम-८ फोनमा २ दशमलव २ गिगाहर्जको क्लाकम स्न्यापड्रेगन प्रोसेसर हुनेछ। यसका साथै २ जिबी र्‍याम र फिंगरप्रिन्ट सेन्सर पनि हुनेछ। एचटिसीको यो सिरिजले निकै राम्रो ब्याट्री व्याकअप दिनेछ। विन्डोज ८ दशमलव १  अपरेटिङ सिस्टमयुक्त एम-८ मोबाइल सेट मेटालिक बडीमा आउनेछ। एचटिसीले वटरफ्लाई-२ पनि सार्वजनिक गर्दैछ। यो फोन वाटरप्रुफ हुने बताइएको छ भने सेटमा ५ दशमलव २ इन्चको स्त्रिmन रहनेछ।

वर्ष २०१३ मा सबैभन्दा उत्कृष्ट क्यामेरायुक्त फोन सार्वजनिक गरेको नोकियाले लुमिया-१८२० सार्वजनिक गर्न सक्छ। उक्त सेटमा लाइटो स्टाइल क्यामेरा समावेश हुने चर्चा छ। यस किसिमको क्यामेराबाट प्रयोगकर्ताले फोटो क्लिक गरिसकेपछि पनि त्यसको फोकस परिवर्तन गर्न सक्नेछन्।

वर्ष २०१४ मा ब्ल्याकबेरीको क्यु-३० पनि सार्वजनिक हुँदैछ। यसले बीबी-१० अपरेटिङ सिस्टममा काम गर्नेछ। २ दशमलव ३ गिगाहर्ज प्रोसेसरयुक्त उक्त सेटमा ३ जिबीको र्‍याम हुनेछ भने ४ इन्चका डिस्प्ले तथा क्वार्टी किप्याड पनि रहनेछ।
Print Friendly and PDF
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger