२६ पुस,जनकपपुर । धनुषाको नक्टाझिजस्थित श्री हिमालय युवा क्लबले आफ्नो २३ औ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । क्लवको प्राङ्गण र विश्वकर्मा चौक वरिपरि सरसफाई कार्यक्रम गरिएको क्लवका अध्यक्ष अरुण कुमार महतोले जानकारी दिएका छन् । सरसफाई कार्यक्रममा अध्यक्ष महतो सहित क्लवका युवा र वृद्धहरु समेत सहभागी भएका थिए । पौष २२ गतेबाट शुरु भएको क्लवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली २७ गते साधारणसभा, रक्तदान, साँस्कृतिक र छात्रवृत्ति वितरण तथा विभिन्न सम्पन्न भएको प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिने अध्यक्ष महतोले बताए । क्लवको प्राङ्गणमा विहान ११ बजेदेखि उक्त सबै कार्यक्रमहरु शुरु हुने बताइएको छ ।
सो अवसरमा क्लवका वार्षिक आयव्यय र वार्षिक प्रगति विवरण तथा आगामी कार्य योजना समेत सार्वजनिक गरिने कार्यक्रम रहेको छ । क्लवको सप्ताहव्यापी २३औँ साधरणसभा कार्यक्रम अन्तर्गत सोमवार वृक्षारोपन र मंगलबार वक्तृत्वकला र बुधवार दौड, साइकल स्लोह र लङ्गजम्प प्रतियोगिता सम्पन्न भएको थियो ।
No comments:
Post a Comment