जिविस धनुषामा फेरी दलिय भागबण्डामा योजना बाँडफाँड गर्ने तयारी हुदै - मिथला दर्सन !
Headlines News :
Home » » जिविस धनुषामा फेरी दलिय भागबण्डामा योजना बाँडफाँड गर्ने तयारी हुदै

जिविस धनुषामा फेरी दलिय भागबण्डामा योजना बाँडफाँड गर्ने तयारी हुदै

Written By Unknown on Sunday, 12 January 2014 | 21:16

जिल्ला विकास समिति धनुषाका ८६ जना कर्मचारी र उपभोक्ता समिति पदाधिकारीहरु भ्रष्टाचारको अभियोगमा अख्तियारपछि विशेष अदालतको तारेखमा रहेको बेलापनि भ्रष्टाचार गर्नेहरु हच्चकिएका छैनन ।
जिविस धनुषामा पारित विकास योजनाहरु मध्ये दस लाख सम्मको योजना कथित राजनीतिक संयन्त्रले बाडफाड गर्ने तयारीमा जुटेकोछ ।दस लाख सम्मको योजनाहरु राजनीतिक संयन्त्रमा हाल रहेका करिब १३ वटा दलले बा“डने तयारी गरेको स्रोतले जनाएकाछन ।

स्रोतका अनुसार जिल्ला परिषदबाट पारित भइसकेका योजनाहरुको बा“डफा“डगरि उपभोक्ता समिति गठन गर्न दलिय प्रतिनिधिहरु उद्यत भएकाछन ।जिविसमा नया“ सो“च र उर्जा लिएर कृयासिल रहेका स्थानिय विकास अधिकारी गुरुप्रसाद सुवेदीमाथि दलिय प्रतिनिधिहरुले चर्को दबाब दिन थालेको स्रोतले जनाएकाछन ।
विगत वर्षहरुमा पनि राजनीतिक संयन्त्रमा रहेका दलिय प्रतिनिधिहरुले योजनाहरु बा“डफा“डगरि सम्पूर्ण रकम हजम गरेको आरोप लाग्ने गरेको थियो ।अख्तियारले कार्वाही गरेको १७ जना कर्मचारी र ६९ जना बिभिन्न उपभोक्ता समितिका पदाधिकारीहरु अहिले विशेष अदालतको तारेखमा छन ।उनीहरुपनि जिविसको बजेट दलिय प्रतिनिधिहरुले बा“डफा“डगरि भ्रष्टाचार गरेको योजनाहरुका पदाधिकारी सम्बन्धित कर्मचारहिरु छन ।

खानेपानी, सडक, कलर्भ लगायतका योजनाहरु कागजमै देखाएर सम्पूर्ण बजेट हजम गर्ने राजनीतिक दलिय प्रतिनिधिहरु फेरीपनि सकृय भएको स्रोतहरुले जनाएकाछन ।सरकारले राजनीतिक संयन्त्र खारेज गरिसकेकोछ ।तर जिविसको रकम बा“डफा“ड गरेर अनियमितता गर्न पल्केका राजनीतिकर्मीहरु फेरी बा“डफा“डगरि रकम हजम गर्ने दाउमा सकृय भएको स्रोतले जनाएकाछन ।
एक वर्षदेखि जिविसको बजेट र गाविसको बजेट धेरै हद सम्म पारदर्शी रुपमा खर्च भइरहेकोछ ।जिल्लामा ठूलठूला योजनाहरु सञ्चालनमा आएका छन ।तर राजनीतिक संयन्त्रमा रहेका प्रतिनिधिहरुले रकम बा“डन लागि परेकाछन ।

स्रोतहरुले दस लाख सम्मको योजनाहरुपनि सम्बन्धित उपभोक्ताहरुलाई पारदर्शी रुपमा जिम्मा लगाउने र कडाइका साथ अनुगमन गर्नुपर्ने बताउ“छन ।‘जिविसको सबै बजेट पारदर्शी रुपमा खर्च हुनुपर्छ’सा्रेतले भने–दलका प्रतिनिधिहरुले अनुगमन गर्ने हुन, योजना बा“डफा“ड गर्ने होइन ।

राजनीतिक संयन्त्रमा रहने प्रतिनिधिहरुले जिविसको योजना बा“डफा“डगरि रकम कुमल्याउन थालेको कारण कयौं दलका प्रतिनिधिहरुबीच बिबाद भएको र कयौं प्रतिनिधिहरु फेरिएका थिए ।सर्वसधारणहरुलाई झुक्याएर उनीहरुको नाममा योजना लिने र काम नै नगरि सम्पूर्ण रकम हजम गर्ने परिपार्टी नै धनुषामा चलेको थियो ।स्थानिय विकास अधिकारीलाई दबाबमा पारेर फेरीपनि त्यस्तै परिपाटी ल्याउन दलिय प्रतिनिधिहरु सकृय रहेको स्रोतहरुले जनाएकाछन ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger