वर्षको सबैभन्दा कम ६ डिग्री तापक्रम बिहीबार - मिथला दर्सन !
Headlines News :
Home » » वर्षको सबैभन्दा कम ६ डिग्री तापक्रम बिहीबार

वर्षको सबैभन्दा कम ६ डिग्री तापक्रम बिहीबार

Written By Unknown on Thursday, 9 January 2014 | 20:43

जनकपुरधाम, २६ पुस ।
यस वर्षको जाडो याममा बिहीबार सबैभन्दा कम तापक्रम मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग जनकपुर फिल्ड कार्यालयका अनुसार बिहानैदेखि चलेको चिसो हवाले बिहीबार तापक्रममा गिरावट आएको हो ।
बिहीबार जनकपुरको न्युनतम तापक्रम ६ डिग्री मापन गरिएको छ । बुधबारको तुलनामा बिहीबार विन्दु ८ डिग्रीको गिराबट मापन गरिएको जनकपुर फिल्ड कार्यालयका अनुगमनकर्ता राजेन्द्र राउतले जनाए ।

बुधबारको न्युनतम तापक्रम ६.८ डिग्री मापन गरिएको थियो भने २०.० डिग्री अधिकतम तापक्रम मापन गरिएको थियो । बिहीबारको अधिकतम तापक्रम १७.० डिग्री मापन गरिएको छ । बुधबारको तुलनामा अधिकतम तापक्रममा पनि गिरावट आएको छ । बिहीबार घाम लागेपनि चिसो हवाका कारण तापक्रममा गिरावट आएको राउतले बताए ।

पुस महिनामा मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो । बिहानदेखि लागेको हुस्सुका कारण बिहीबार यती एअरलाइन्सको उडान रद्ध गरिएको छ । बुद्ध एअरले दिउसो एक उडान भर्न सफल भएको थियो ।
बिहानैदेखि चलेको चिसो हवाका कारण बिहीबार कठयांग्रिदो जाडो महसुस गरिएको छ ।
बिहानैदेखि लागेको कपकपाउदो जाडोका कारण दैनिक काम गर्न
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger