कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु - मिथला दर्सन !
Headlines News :
Home » » कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु

Written By Unknown on Friday, 10 January 2014 | 22:45

महोत्तरीको ढेकहा गाउँमा गएराति चिसोका कारण कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जैसी महतो र ४५ वर्षीया लरुवतीदेवी महतो रहेका स्थानीय विन्देशवर महतोले बताउनुभयो ।
  
शुक्रबार बिहानैदेखि चलेको चिसो हावाले ल्याएको कठ्याग्रिँदो जाडो सहन नसक्दा गएराति ओछ्यानमै उनीहरुको मृत्यु भएको स्थानीय विल्टु महतोले बताउनुभयो । यो समेत एकरहिया गाविस– ३ मा पर्ने ढेकहा गाउँमा कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या चार पुगेको छ ।
  
    तीन दिनअघि सोही समुदायका ६० वर्षीय किशोरी महतो र ५५ वर्षीय मौजै महतोको चिसोले अचानक बिरामी भएपछि उपचारको क्रममा मृत्यु भएको स्थानीय गणेश महतोले बताउनुभयो ।

    महोत्तरीमा विगत एक महिनादेखि  पश्चिमी हावाका कारण कठ्याग्रिँदो जाडोबाट यहाँका मानिस, पशु, बालीनालीसहित सम्पूर्ण वातावरण प्रभावित बनाएको छ ।

    ट्याक्टरले ठक्कर दिँदा वृद्धाको मृत्यु

ट्याक्टरको ठक्करबाट जलेश्वरमा आज बिहान एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर–१२ मलिवारा बस्ने ७५ वर्षीया कुमारीदेवी साह रहेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
  
    बाक्लो हुस्सु लागेको बेला बिहान ४ बजेको समयमा घर अगाडिको खेतमा शौच गर्न निस्केकी कुमारीदेवीलाई ज१त ५०१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरी नायब निरीक्षक विजय भण्डारीले बताउनुभयो ।

    ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका लागि अञ्चल अस्पताल जनकपुरतर्फ लगिरहेको बेला बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो ।

    यता ठक्कर दिने ट्याक्टर चालक नैन्ही गाविस– ४ बस्ने वर्ष ४० का जगदीश रामलाई आवश्यक कारबाहीका लागि प्रहरीले प्रकाउ गरेको बताइएको छ । रासस
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger