मुसर्रफलाई एक हप्ता म्यादथप - मिथला दर्सन !
Headlines News :
Home » » मुसर्रफलाई एक हप्ता म्यादथप

मुसर्रफलाई एक हप्ता म्यादथप

Written By Unknown on Saturday, 11 January 2014 | 02:31

पाकिस्तानका पूर्व राष्टूपति एवम् सैनिक शासक परवेज मुसर्रफलाई अदालतले सुनुवाईका लागि एक हप्ता समय थपेको बिहीबार जनाएको छ ।
गतहप्तामात्र अदालत जाने क्रममा उहालाई अकस्मात मुटुमा समस्या देखिएको भन्दै बाटोबाटै अस्पताल लगिएको थियो । उहाको स्वास्थ्यसम्बन्धी रिपोर्टलाई हेरेर अदालतले सो निर्णय गरेको बताइएको छ ।

मुसर्रफलाई देशद्रोहको अभियोगमा सुनवाइका लागि अदालत उपस्थित हुने आदेश दिइएको थियो । हाल उहँ इस्लामावादस्थित सैनिक अस्पतालमा उपचार गराइरहनुभएको छ ।
उहँको स्वास्थ्यसम्बन्धी रिपोर्ट हेरेर आगामी जनवरी १६ मा अदालत उपस्थित भएहुनेगरी एक हप्ताको समय थपिएको राजधानी इस्लामावादबाट प्राप्त समाचारमा जनाइएको छ ।
सन् १९९९ मा सैनिक जर्नेलका रुपमा रहेका उहँले सत्ता हत्याएकोले त्यसबाट देशद्रोह भएको र सन् २००७ मा देशमा संकटकालको घोषणा गरी ज्यादतीपूर्ण शासन गरेका कारण पाकिस्तानमा उहँबाट राष्टूघात भएको अभियोग उहामाथि लगाइएको छ ।

उहा पाकिस्तानको राष्टूपतिका रुपमा सन् १९९९ देखि सत्तामा आउनुभएको हो । उहँले सन् २००८ सम्म सत्तामा रहदा गर्नुभएका भनिएका कयौं अपराधका लागि हाल दोषी ठहराइएकोमा यो पछिल्लो पटक उहालाई देशद्रोहको आरोप पनि लगाइएको बताइएको छ ।    
सैनिक जर्नेलका रुपमा रहेका उहाले तत्कालीन प्रधानमन्त्री नवाज शरिफको सत्ता हत्याएर शक्तिमा आउनुभएको हो । उहाँ सैनिक प्रमुख र देशको कार्यकारी राष्टूपतिका रुपमा काम गर्नुभएको थियो ।

त्यसबखत उहँलाई पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोको हत्याको आरोप पनि लगाइएको छ । उहा देशको कार्यकारी राष्टूपति रहँदा भएको सो हत्याका लागि उहँले आवश्यक सुरक्षा प्रबन्ध गर्न नसक्दा भुरुोका हत्या हुन पुगेकोमा दोषी देखाइएको छ ।
समाचारमा भनिएको छ–उहँको स्वास्थ्यसम्बन्धी रिपोर्टका आधारमा आगामी १६ जनवरीमा मात्र अदालत उपस्थित भए हुने आदेश दिइएको
हो ।
उहँको आरुनो कार्यकालका समयमा अमेरिकासँग मिलेर आतंकवाद विरुद्धको लडाई भन्दै तालिवानका विरुद्धमा पनि देशमा आक्रमक कारबाही गर्नुभएको आरोप तालवानहरु लगाउने गरेका छन् ।
सोही कारण पनि उहँलाई तालिवानहरुले हत्यागर्ने योजना बनाइरहेको उनीहरु बताउछन् । यस विषयमा सरकारलाई उहँको सुरक्षाको प्रबन्ध गर्न गाह्रो परिरहेको
बताइन्छ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger