राष्ट्रपतिबारे विवाद षड्यन्त्रको खेल : सुशील कोइराला - मिथला दर्सन !
Headlines News :
Home » » राष्ट्रपतिबारे विवाद षड्यन्त्रको खेल : सुशील कोइराला

राष्ट्रपतिबारे विवाद षड्यन्त्रको खेल : सुशील कोइराला

Written By Unknown on Friday, 10 January 2014 | 15:32

नेपाली कांग्रसेका सभापति सुशील कोइरालेले राष्ट्रपति- उपराष्ट्रपतिको विषयमा विवाद गर्नु षड्यन्त्रको खेल भएको बताएका छन् ।
Susil-Koirala1सहिद राधेश्याम जोन्छे स्मारिका विमोचन कार्यक्रममा कोइरालोले संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्ने विषयमा अदालतमा रिट पर्नुले देश अन्यौलतातर्फ धकेलिएको समेत बताए ।
अन्तराष्ट्रिय मान्यता अनुसार राष्ट्राध्यक्षले संविधानसभा वा संसदको आह्वान गर्ने भन्दै उनले यसमा विवाद गर्नु जटिलता निम्त्याने खेल भएको बताए । कोइरालाले उच्चस्तरिय राजनीतिक समितिले सहमति गर्ने भन्दै निर्णय गर्न ढिलाई गर्दा नै मूलुक बिवादको चपेटामा फस्नेतर्फ समेत गराए । निर्वाचन परिणम घोषणा भएको २१ दिन भित्र संविधानसभा गठन बोलाउन नसकिए देश ठूलो दुर्घटनामा पर्ने कोइरालाको चेतावनी छ ।
सरकारको नेतृत्व कांग्रेसले गर्ने भन्दै सभापति कोइरालाले पारदर्शी र जनताको चाहानलाई सम्बोधन गर्ने सरकार निमार्ण गर्ने र सबैलाई समेट्दै तोकिएकै समयमै संविधान दिन लागि पर्ने बताए ।
पूर्व महामन्त्री विमलेन्द्र निधिले लोकतान्त्रीक मूल्य माान्यतालाई बलात्कृत गरेर लोकतन्त्रलाई स्थापीत हुन नदिने षड्यन्त्र भइरहेको दावी गरे । नेता प्रकासशरण महतले अघिल्लो संविधानसभाबाट संविधान बनाउन नसक्नहरुले कांग्रेसलाई फेरि संविधान निर्माण गर्न नदिने लागिपरेको आरोप लगाए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger