तीस किलो चामल किन्न पाँच दिन पैदल - मिथला दर्सन !
Headlines News :
Home » » तीस किलो चामल किन्न पाँच दिन पैदल

तीस किलो चामल किन्न पाँच दिन पैदल

Written By Unknown on Sunday, 5 January 2014 | 18:44

Print Friendly and PDF 

बिच्छँयाका बिर्खबहादुर भण्डारीले पाँच दिन पैदल हिँडेर घरमा ३० किलो चामल भित्र्याएका छन् । पाँच दिन हिँडेर पनि उनलाई पुगेन एक दिन लाममा बस्नु पर्‍यो ।
नेपाल खाद्य संस्थानको डिपो रहेको कोल्टी पुग्न बिच्छँयाका बासिन्दालाई दुई दिन लाग्छ भने फर्किन पनि दुई दिन नै लाग्छ । बीचमा एक दिन लाममा बसेर किन्नुपर्छ । ‘यति दुःख गर्दा पनि भनेजति पाइँदैन्,’ भण्डारीले भने ।
बाजुरामा खाद्यान्न अभाव सुरु भएपछि खाद्य संस्थानको डिपोमा भीड बढेको छ । साताको एक दिन आइतबार मात्र संस्थानले प्रतिपरिवार ३० किलोका दरले चाम बेच्छ । किन्ने भन्दा बढी पैसा आउँदाजाँदा खर्च हुने भण्डारीले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।।
रुगिनका बासिन्दालाई पनि कोल्टी पुग्न र आउन चारपाँच दिन नै हिड्न पर्छ । रुगिनका दानबहादुर मल्लले भने, ‘चारपाँच दिन पैदल हिँड्दा पनि भनेजति पाइए त ठीकै हुन्थ्यो । ३० किलो मात्र पाउँदा भने सारै दुःख हुन्छ ।’
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger