सुनकोसी तेस्रोको डीपीआर हुने - मिथला दर्सन !
Headlines News :
मिथला दर्सन !
Home
About Us
Contact Us
Mithla News
Mithla Darsan
Mithla Art
Maithli Tradational Song
Maithli Naach
Maithli model
Maithli Album Song
skip to main
|
skip to sidebar
Home
» » सुनकोसी तेस्रोको डीपीआर हुने
सुनकोसी तेस्रोको डीपीआर हुने
Written By Unknown on Sunday, 5 January 2014 | 01:44
पाँच सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन -डीपीआर) यसै वर्षदेखि सुरु गरिने भएको छ । एसियाली विकास बैंक -एडीबी) ले आयोजनाका लागि ऋण सहयोग उपलब्ध गराएपछि ऊर्जा मन्त्रालय, विद्युत् विकास विभागले सन् २०१४ बाट काम सुरु गर्न लागेको हो । एडीबीले अर्थ मन्त्रालयसँग सहयोगका लागि ऋण सम्झौता गरेपछि आयोजनाको अध्ययन अघि बढाउन लागिएको विभागका सूचना अधिकारी गोकर्णराज पन्थले जानकारी दिए । 'आयोजनाको अध्ययन कुन मोडालिटीमा गर्नेबारे छलफल भइरहेको छ,' उनले भने, 'सन् २०१४ बाटै आयोजनाको डीपीआर सुरु हुन्छ ।' सन् १९८३ मै आयोजनाबारे पूर्वसम्भाव्यता अध्ययनपछि विस्तृत अध्ययन बल्ल्ा सुरु हुन लागेको हो । २ वर्षभित्र आयोजनाको डीपीआर सक्ने लक्ष्य
छ । विभागमार्फत विस्तृत अध्ययन हुने तयार गरिए पनि आयोजना निर्माण कुन मोडालिटीमा गर्ने भन्ने अझै टुंगो लागेको छैन । २ वर्षभित्र डीपीआर सकेर निर्माण कार्य तीव्र गतिमा अगाडि बढाउन सके सन् २०२१ भित्रै आयोजनाको निर्माण पूरा गर्न सकिने अवस्था रहेको नेपाल विद्युत् प्राधिकरणका अधिकारी बताउँछन् । प्राधिकरण वा अन्यमार्फत कसरी आयोजना निर्माण अघि बढाउने भन्ने टुंगो अझै लागिसकेको छैन ।
राजधानीबाट ६० किलोमिटरको दूरीमा रहेको सुनकोसी आयोजना प्राधिकरणको सहयोगमा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी -जाइका) ले सार्वजनिक गरेको १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये एक हो । जलाशययुक्त आयोजनाको अभावमा लोडसेडिङको समस्या भयावह भइरहेका बेला उपत्यकाको लोड धान्न सुनकोसी आयोजनालाई उपयुक्त आयोजनाका रूपमा हेरिएको छ । प्राधिकरणका अनुसार देशभरि खपत हुने विद्युतमध्ये काठमाडौंलगायत मध्यमाञ्चल विकासक्षेत्रले करिब ५० प्रतिशत विद्युत् खपत गर्ने गरेको छ ।
आयोजना बन्दा जिल्लाका लागि धेरै फाइदा हुने भएकाले सरकारलाई छिटो आयोजना बनाउन दबाब दिने सभासद तीर्थ लामाले बताए । 'आयोजना तत्काल अघि बढाउनका संसद्बाटै विशेष पहल गर्छु,' उनले भने, 'सरकारलाई समेत झकझकाउँछु ।' १ खर्ब अनुमानित लागत रहेको आयोजनाको विद्युत् गृह ठूलोपर्सेल र माँदनकुँडारी गाविसबीचमा रहेको कोल्पुमा पर्छ ।
Share this article
:
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Popular
Naach
Mithla Art
Bhojan
Maithli Website List
Mithla Darsan
Support :
Creating Website
|
Johny Template
|
Mas Template
Copyright © 2011.
मिथला दर्सन !
- All Rights Reserved
Template Modify by
Creating Website
Proudly powered by
Blogger
No comments:
Post a Comment