एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले एकवर्षभित्र संविधान जारी नहुँदासम्म संसदीय दलको नेता लगायत कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् ।
‘उहाँ एक वर्षभित्र संविधाननिर्माणको काममा केन्द्रीत हुनुहुने भएको छ,’ भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले भट्टराईलाई उधृत गर्दै भने, संविधान जारी नहुँदासम्म संसदीय दलको नेता वा अन्य कुनै पनि पदमा नबस्ने हुनुभएको छ ।’
भट्टराईले यो वर्ष पार्टीभित्र र बाहिर लोकतान्त्रिक विधि स्थापनाका लागि पहल गर्ने र यसका लागि सबै पार्टीभित्रका लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गरेर अघि बढ्ने निर्णय लिएको पाण्डेले अनलाइनखबरलाई बताए । पाण्डेका अनुसार यो वर्षभित्र अग्रगामी लोकतान्त्रिक संविधान जारी गर्ने काममा भट्टराई केन्द्रीत हुनेछन् ।
एमाओवादीभित्र अन्तरविरोध चुलिँदै जाँदा बरिष्ठ नेता डा. बाबुराम भट्टराई अध्यक्ष प्रचण्ड उपस्थित कार्यक्रममा समेत सहभागी हुन छाडेका छन् । विहीबार पेरिसडाँडामा आयोजित जयगोविन्द साहको स्मृतिसभामा भट्टराई उपस्थित भएनन् ।







No comments:
Post a Comment