केही दिनदेखि तराईमा चलेको शीतलहर र बाक्लो हुस्सुसँगै बढ्दो जाडो र चर्को विद्युत्भार कटौतीका कारण वीरगन्जमा ग्यासबाट चल्ने गिजर र हिटरको माग बढेको छ ।
चिसो हावा र बाक्लो हुस्सुका कारण विगत केही दिनयतादेखि घाम नलागेपछि तराईका जिल्लामा अत्यधिक चिसो बढेको हो । घामै नदेख्ने गरी चिसो बढ्दै गएकाले चिसो भगाउने सामग्रीको किनमेल गर्न यतिखेर वीरगन्जका विद्युतीय सामग्रीका पसलमा भीड बढ्दै गएको छ ।
कठ्याङ्ग्रिँदो जाडोका कारण ग्यासबाट चल्ने गिजर र हिटरको व्यापार पनि राम्रो हुन थालेको व्यवसायीहरू बताउ“छन् । जाडोका कारण बिहान र बेलुकी हात कठ्याङ्ग्रिने भएकाले नुहाउन र हातमुख धुन तातो पानीका लागि यहा“का व्यवसायी धीरज पञ्जियारले पनि बजारबाट ग्यासले चल्ने गिजर किनेर लगाएका छन् ।
बिजुलीबाट चल्ने गिजर लैजा“दा बिहान बेलुकी बिजुली हँुदैन । जाडोले छोपिसकेकाले नलगी भएको छैन, व्यवसायी पञ्जियारले भन्नुभयो, “चर्को विद्युत्भार कटौतीका कारण रु छ हजार पर्ने ग्यासबाट चल्ने गिजर नै किनेर घरमा लगाएको छु ।
जाडो मौसममा नुहाउन धेरै अप्ठ्यारो परेकाले आफू नुहाउन र बिहान बेलुका हातमुख धुन गिजर खरिद गरेको वीरगन्ज नगवाका शिक्षक मनोज चौरसियाले बताउनुभयो । उहाँले हिलटेक कम्पनीको ग्यासबाट चल्ने गिजर रु पा“च हजार ५०० मा खरिद गरेर घरमा लगाउनुभयो ।
त्यस्तै, बढ्दो चिसो र कठ्याङ्ग्रिँदो जाडोका कारण वीरगन्ज रानीघाटकी रेखा पटेलले बजारबाट ग्यासले चल्ने हिटर किनेर ल्याएकी छन् । गाउ“घरमा भए दाउरा बालेर आगो तापिन्थ्यो तर सहरमा त्यो अवसर कहा“ पाउनु, त्यसैले बजारबाट ग्यासले चल्ने हिटर नै किनेर ल्याएकी छु, उहाँले भन्नुभयो ।
कठ्याङ्गिँ्रदो जाडोका कारण यतिखेर ग्यासबाट चल्ने गिजर र हिटरको माग बढ्दो छ, वीरगन्ज घन्टाघरस्थित पेटल विद्युत् पसलका सञ्चालक राजेश पटेलले भन्नुभयो, आफू कहा“ अहिले दैनिक छ÷सातवटा ग्यासबाट चल्ने गिजर र त्यत्तिकै सङ्ख्यामा हिटरको पनि बिक्री हुने गरेको छ ।
दैनिक २०-२५ जना ग्राहक गिजर र हिटर खोज्न आउँछन्, उहाँले भन्नुभयो, ग्राहकले आफ्नो रोजाइ र क्षमताअनुसारको डिजाइन एवम् प्रकृतिका गिजर र हिटर किनेर लैजाने गर्छन् ।
जाडोलाई लक्षित गरेर विभिन्न थरिका गिजर र हिटर बिक्रीमा राखिएको छ, वीरगन्ज माईस्थानस्थित आरके इन्टरप्राइजेजका सञ्चालकले भन्नुभयोे, बजारको प्रतिस्पर्धासँगै अहिले गुणस्तरीय, टिकाउ र कम ग्यास खर्च हुने गिजर तथा हिटर खोज्ने धेरै छन् ।
बजारमा गुणस्तरसँगै मूल्यमा पनि प्रतिस्पर्धा हुने गरेको छ, उहाँले भन्नुभयो, बजारमा अहिले रु दुई हजार ५०० देखि रु आठ हजारसम्मको गिजरको व्यापार भइरहेको छ । उहाँले जापानी, भारतीय र चिनियाँ कम्पनीका रु चार हजारदेखि रु नौ हजारसम्मको गिजर बेच्ने गरेका छन् ।

No comments:
Post a Comment