घुसकाण्डमा गन्हाएका भास्कर एमालेमा प्रवेश - मिथला दर्सन !
Headlines News :
Home » » घुसकाण्डमा गन्हाएका भास्कर एमालेमा प्रवेश

घुसकाण्डमा गन्हाएका भास्कर एमालेमा प्रवेश

Written By Unknown on Thursday, 9 January 2014 | 16:20

म्यानपावर दर्ताका लागि व्यवसायीसँग घुस मागेको काण्डमा मुछिएका नेकपा माले बैकल्पिक केन्द्रीय सदस्य भाष्कर काफ्ले एमालेमा प्रवेश गरेका छन् ।
काफ्लेसहित मालेका केन्द्रीय सदस्यहरु देउमान सम्बाहाम्फे, रामचन्द्रप्रसाद गुप्ता, महिला संघकी सचिव तथा पार्टीकी केन्द्रीय सदस्य चन्द्रकला सब्बासहित रहेका छन् । त्यसैगरी बैकल्पिक केन्द्रीय सदस्य सुकदेव यादब र बासुदेव अमात्य पनि एमालेमा फर्केका हुन् ।
सम्बाहम्फे र काफ्लेसहितका माले कार्यकर्ताले बिहीबार एमाले अध्यक्ष झलनाथ खनालको हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका हुन् । सम्बाहाम्फेको नेतृत्वमा एमाले प्रवेश गर्नेहरुमा पार्टीका केन्द्री र जिल्लास्तरका नेता र जनवर्गीय संगठनका कार्यकर्तासहित करिव तीन सय ५० जना रहेको एमालेको दावी छ ।
बाबुराभ भट्टराई नेतृत्वको सरकारमा रहेका श्रममन्त्री कुमार बेलबासले म्यानपावर व्यवसायीसँग घुस माग्दा भास्करले मध्यस्थकर्ताको भूमिका खेलेका थिए । तत्कालीन प्रधानमन्त्री भट्टराईको निर्देशनपछि बेलबासले मन्त्री पदबाट राजीनामा दिएका थिए । बेलबासे र भास्करले घुस मागेको भएपनि मालेले भने भास्करलाईमात्र कारबाही गरेको थियो ।
एमाले प्रवेश कार्यक्रममा बोल्दै काफ्लेले नेतृत्व व्यक्तिवादी भएको भन्दै पुरानो घरमा फर्किएको बताए । कार्यक्रममा एमाले अध्यक्ष खनालले एमाले कम्युनिष्ट आन्दोलनको मूलधार भएको भन्दै माउ पार्टीमा फर्कन पूर्व नेताहरुलाई आग्रह गरेका छन् ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger