कोइरालाको कसरत - मिथला दर्सन !
Headlines News :
Home » » कोइरालाको कसरत

कोइरालाको कसरत

Written By Unknown on Sunday, 12 January 2014 | 21:18

कोइरालाको कसरत
कोइरालाको कसरत

काठमान्डौ, २८ पुस ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सरकार गठनका लागि आजदेखि आन्तरिक गृहकार्यलाई तीव्रता दिनुहुने भएको छ ।
कोइरालाको निजी सचिवालयले दिएको जानकारी अनुसार कोइरालाले आजदेखि आन्तरिक र अन्य दलहरुसँगको छलफललाई तीव्रता दिनु हुने छ । पार्टीका शीर्ष तथा प्रभावशाली नेताहरुसँग आज छलफल हुने सभापति कोइरालाका स्वकीय सचिव लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

कोइरालाले आन्तरिक छलफलपछि अन्य दलहरुसँग कुराकानी गर्नुहुने छ । पार्टीका उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीका लागि आकांक्षा व्यक्त गरेपछि कोइरालाले पहिले पार्टीमा सहमति गरी अन्य दलसँग छलफल गर्ने योजना बनाउनु भएको छ ।
उपसभापति पौडेलले हिजो तनहँुमा पत्रकारहरुसँग कुरा गर्दै एकपटक आपूmलाई मौका दिन आग्रह गर्नुभएको  थियो भने वरिष्ठ नेता देउवाले पनि  आपूm निकटका नेताहरुसँग छलफल गरिरहनुभएको छ ।

Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger