परिवार छोडेर दीपिकाले रणवीरसँग नयाँ बर्ष मनाएको खुलासा
राम्रो साथी मात्र भएको बताउने दीपिका रणवीर सिंहसँग मस्ती गरिरहेकी छिन् । यो कुराको खुलासा अंग्रेजी नयाँ बर्षले गराएको छ ।
आफ्नो परिवारसँग नयाँ बर्ष मनाउन माल्दिभ्स पुगेकी दीपिकाले सबैको आँखामा छारो त्यतिबेला हालिन्, जब उनी नायक रणवीर सिंहसँग रोमान्स गर्न न्यूयोर्क पुगिन् ।
परिवारसँग केही दिन रमाइलो गर्दै दीपिका साथी मात्र भनिएका रणवीरसँग बिदा मनाउन न्यूयोर्कमा व्यस्त थिइन् । गतबर्ष सर्वाधिक सफल भएको चलचित्र ‘रामलीला’मा प्रेमको रासलीला देखाएको यो जोडी पर्दा बाहिर पनि मस्ती गरिरहेको छ ।
No comments:
Post a Comment