भक्तपुरमा सञ्चालित ६ वटा सरकारी विद्यालयमा विद्यार्थी नै नआएपछि ति विद्यालयहरु पूर्ण रुपमा बन्द भएका छन् । जिल्लामा सञ्चालित थप ५० वटा विद्यालयमा समेत विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा छन् ।
जिल्ला शिक्षा कार्यालय भक्तपुरका अनुसार बन्द भएका विद्यालयमा छालिङको महाकाली प्रावि, छालिङ कै नाट्यश्वरी प्रावि, छालिङ कै मनकामना प्रावि, ताथलीको दक्षिणकाली प्रावि, बागेश्वरीको गणेश प्रावि, दुवाकोटको विनायक सरस्वती निम्न माध्यमिक विद्यालय र भक्तपुर नगरपालिका चोछेँको बालबोध शान्ति निमावि रहेका छन् ।
यी विद्यालयमा विद्यार्थी नआएपछि विद्यालय बन्द गर्नुपरेको जिल्ला शिक्षा कार्यालयका अधिकृत ललितविक्रम सिंहले जानकारी दिए ।
बन्द विद्यालयमा भौतिक संरचना र अन्य सामग्री हेर्न एक जना शिक्षकलाई भने विद्यालयमा दैनिक हाजिर हुने गरी तोकिएको उनले बताए ।
विद्यालयका अन्य शिक्षक भने अरु विद्यालयमा सरुवा गरिएको छ । विद्यालय बन्द भए पनि दुवाकोटको विनायक सरस्वती निम्न माध्यमिक विद्यालयमा भने हालै इसिडी सञ्चालन गरिए पछि केही बालबालिका आएका छन् ।

No comments:
Post a Comment