‘मटिहानी मठको रौनकता गुम्दैछ’ - मिथला दर्सन !
Headlines News :
Home » » ‘मटिहानी मठको रौनकता गुम्दैछ’

‘मटिहानी मठको रौनकता गुम्दैछ’

Written By Unknown on Tuesday, 7 January 2014 | 19:19

कुनै बेला हात्तीघोडाहरुको चहलपहलले लक्ष्मी नारायण मठ सजिसजाउ हुन्थ्यो । संस्कृत शिक्षा आर्जन गर्नेहरु पनि प्रशस्त भोजन र सुविधामा यहा पढ्न पाउँथे तर अहिले........।
नेपाल अधिराज्यकै महन्थहरुका पनि महन्थ अर्थात् महोतरी जिल्लको मटिहानी गाउँ विकास समितिमा रहेको लक्ष्मी नारायण मठका महामहन्थ जगन्नाथ दास वैष्णवको यो भनाइले एउटा वेग्लै संसारतर्फ मानिसको ध्यान तान्छ । मठको आफनै सम्पत्तिको राम्रो सदुपयोग नहुदा यसको जीर्णोद्धारका साथै दैनिक कार्य सञ्चालन अनि विद्यार्थीहरुको सरसुविधामा पनि प्रतिकुल असर परिरहेको छ, महामहन्थ दास वैष्णवको भनाइ छ ।

उहाका अनुसार, काठमाडौंमा मात्र झण्डै पाच सय रोपनी मठको जग्गा लोप भइसकेको छ । यति मात्र होइन, तराईको महोतरी, धनुषा, पर्सा, कपिलबस्तु, भैरहवामा भएको जग्गाको पनि प्रभावकारी सदुपयोग हुनसकेको छैन । गुठी संस्थानको जिम्मामा रहेकोले मठले यही संरचनामा केही गर्न सक्ने अवस्था पनि छैन ।
 मठको सञ्चालनका लागि मठकै मातहतमा एक हजार तीन सय विग्हा जमिन रहेको थियो । भूमिसुधार लागू हुनुअघि मठकै मातहतमा जग्गा जमिनको आयस्रोत बाधिन्थ्यो तर अहिले ती सबै कुरा गुठी संस्थान मातहतमा लगिएको छ । अनि जग्गामध्ये आधा मोहीलाई पनि दिइएको छ ।
मोहीलाई वितरण गरिएपछि मठको मातहतमा अव ३ सय ८४ विगाहा मात्र जमिन छ । सो १३ सय विघा जग्गा ४ सय वर्ष अघि मकवानपुरका राजा हेमकर्णले मठ सञ्चालनका लागि दान बक्स गरेका थिए ।
अव गुठीले नगरी केही हुदैन तर गुठीमा हाम्रो कुराको सुनुवाई नै हुदैन मानमहन्थ वैष्णवको भनाइ छ । धर्म संस्कृतिको रक्षाका लागि मठ मन्दिर साधु सन्त र महन्थहरुको हेरचाह अनि मटिहानीका शिक्षालयमा अध्ययनरत शिक्षार्थीहरुको भोजनको निरन्तरता पनि अव कठिन भएको कतिपय जानकारहरु बताउछन् ।

महोत्तरी पत्रकार महासंघका पूर्व अध्यक्ष राम कुमार मण्डल मठको परम्परा नेपालको धर्म संस्कृतिको जीवन्त पक्ष भएको बताउनुहुन्छ । हेर्दा हेर्दै मठको स्थिति नाजुक भयो मठका हात्तीघोडा थिए अव सञ्चालन पनि नाजुक भएको देखिन्छ ।
क कसको कमजोरी हो सुधार्नपर्छ उहँले भन्नुभयो । नेपालकै ठुलो र पुरानो संस्कृत विद्यालय मटिहानी मठले सञ्चालन गर्दै आएको छ । भारत विहार झारखण्ड लगायत नेपालका दर्जनौ पहाडी जिल्लाका करिब २ सय ५० विद्यार्थी मटिहानी संस्कृत क्याम्पसमा अध्ययनरत छन् । क्याम्पसमा वेद अध्ययन गर्न बनारस पुग्न नसक्ने विद्यार्थी यहा आउथे । त्यति बेला पनि आचार्य सम्मको पढाइ यहा हुन्थ्यो ।

मठका अनुसार हाल नेपाल संस्कृत विश्वविद्यालय मातहतमा पुगेको याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसका साथै कक्षा ८ देखि मात्र अध्यापन हुने राजकिय संस्कृत मा.वि.मा अध्ययनरत विद्यार्थीहरुमध्ये १सय ८ जना विद्यार्थीलाई निःशुल्क भोजन व्यावस्थापन गरिँदै आएको छ तर यो पनि स्रोतका कारण कठिन हुदै गएको छ । ऐतिहासिक महत्व राख्ने ती शैक्षिक संस्थाहरु मठसगै रहेका छन् । त्यस्तै साधुसन्त र कन्गाल गरि करिव सय जनाको दैनिक भोजन पनि गराइरहेका छन् ।

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको स्थानमा कोशको अनुसार यो ठाउको नाम मृतखनी मटिहानी हुन गएको हो । राम र सीताको विवाह हुदा सीताले माटो खनेको ठाउ भएकाले मृतखनी भन्ने नाम रहन गएको र त्यसैको अपभ्रंश भई मटिहानी नाम हुन गएको हो कोशमा उल्लेख छ । करिब साढे तीन सय वर्ष पूर्व तस्मैया बाबा नामक तपस्वीले बनाएको स्थान अहिले नेपालकै महत्वपूर्ण धार्मिक स्थलको पहिचान बनाएको छ ।

स्थानमा लक्ष्मीनारायणको विशाल मन्दिर र दरबार निर्माण भएको छ । जनकपुरको जानकी मन्दिर निर्माण हुनुभन्दा झन्डै दुई वर्ष पुरानो लक्ष्मीनारायण दरबार १५ विघा क्षेत्रफलमा फैलिएको छ । मठका मान महन्थ जगरनाथ दासका अनुसार तत्कालीन  मकवानपुरका राजा हेमकर्ण सेनले लक्ष्मीनारायणको दरबारलाई एक हजार तीन सय विघा जग्गा दान गरेका थिए । तीमध्ये झन्डै चार सय विघा जग्गा गुठी संस्थानले विक्री गरिसकेको र ३ सय ८४ विघा अझै बाकी रहेको र अन्य जग्गा अतिक्रमणमा परेको उनले बताए ।
जनकपुरको जानकी मन्दिर, राम मन्दिर रत्नसागर मठलगायतका धार्मिक मठहरुमा महन्थको पद्वी दिने अधिकार मटिहानी मठकै महन्थसँग छ । त्यसैले उनलाई मान महन्थ भनिएको हो । मान महन्थले आफनै हातबाट पगरी लगाइदिएपछि मात्र धनुषा र महोत्तरीका अन्य मठ मन्दिरका महन्थले वैधता पाउने विधान छ ।

मटिहानी मन्दिरको नाउँमा धनुषाको फुलगामामा  एक सय ३२ विघा, कजरारमौलमा ३४ विघा, सपहीमा ४३ विघा उमाप्रेमपुरमा १९ विघा महोत्तरीको मझौरा विसनपुरमा ८ विघा धिरापुरमा ५५ विघा मटिहानीमा ६० विघा र जाउखमा २७ विघा जग्गा छन् । तीमध्ये एक सय ७५ विघा जग्गा अतिक्रमण भइसकेको मठका महन्थ दास बताउँछन् । उनका अनुसार बाँकी जग्गा पनि गुठी संस्थानले मनपरी बेचविखन गरिरहेको छ । 

मठका बारेमा गुठी संस्थानप्रति जे जति गुनासो गरिए पनि संस्थान भने मठप्रति गम्भीर रहेको अधिकारीहरु बताउँछन् ।
मठले अहिले आम्दानीभन्दा खर्च बढी गरिरहेको छ र मठको मौजुदा स्रोतको प्रभावकारी व्यवस्थापन गरिएन भने स्थिति अझै जटिल हुनसक्छ गुठी संस्थान कार्यालय जलेश्वरका प्रमुख हरिनाथ ढाकाल बताउनु हुन्छ ।
गुठी संस्थानका अनुसार हाल वार्षिक १२ लाख रुपैयाको हाराहारीमा मात्र सो मठको आम्दानी रहेको छ भने खर्च भने लगभग वार्षिक ६० लाख रुपैयाँको हाराहारीमा पुगेको छ ।
तैपनि गुठीले बजेट विनियोजन गरिरहेको छ । अब आयस्रोत बढाउन तिर मठ स्वयं लाग्नु पर्यो । जग्गाहरुको प्रभावकारी व्यवस्थापन गर्न तर्फ पनि लाग्नु पर्यो उनले भने । तर मानमहन्थ वैष्णवको भनाइ बेग्लै छ । यो भवनको मर्मत सम्भार मठले स्वयं गरेको छ । मठको जीर्णोद्धार खर्च मठले आफै गरेको र सो को खर्च गुठी संस्थानले हालसम्म उपलब्ध नगराएको उनको गुनासो रहेको छ । उनका अनुसार ऐतिहासिक भवनको संरक्षण गर्नु नेपाल सरकारको दायित्व हो ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger